सुचना, समाचार र मनोरन्जन
Tiger Cup

अख्तियार आयुक्त नै भ्रष्टचारी

सम्पादकीय /

भनिन्छ, भ्रष्टचारीको पद र जीवन सकिए पनि ढिलो चाँडो सजायको फैसला आउँदा सात पुस्तासम्म पिर्छ । कानुनभन्दा माथि कुनै पदप्रतिष्ठा र नागरिक छैनन् । ‘ठूलालाई ऐन सानालाई चैन’ भन्ने मान्यता पनि समयको अन्तरालमा परिवर्तन हुन्छ । नेपाल भ्रष्टाचारले आक्रन्त छ भन्ने कुरा ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले छलङ्ग पारेको छ । पदीय दुरुपयोग र भ्रष्टाचारजन्य कुराको अनुसन्धान गरी मुद्धा चलाउने नेपालको शक्तिशाली आयोग अख्तियार दुरुपयोग अनुसन्धानका पूर्व आयुक्त राजनारायण पाठक भ्रष्टचारी घोषित भई सजायको भागिदार बनेका छन् । विशेष अदालतले ३९ लाख रुपैयाँ भ्रष्टचार गरेको निष्कर्ष निकाल्यो । पाठकले पाए सम्म १ हजार पनि घुस खान छोडेका थिएनन् । ३ वर्ष ३ महिना उनका लागि कैद फैसला भएको छ । पाठकले आयोगको छवि र विश्वासलाई धज्जी उडाइदिए । मुलुकमा असल शासन र पारदर्शिता छैन् भन्ने कुराको पुष्टी पाठकले नै गरिछाडे । उनी त भ्रष्ट घोषित भए नै उनलाई अख्यितारसम्म पु¥याउने पात्रहरूलाई पनि कारवाही हुनु पर्छ ।

पाठकलाई भ्रष्टचार नियन्त्रणको जिम्मेवारी दिइए पनि उल्टै भ्रष्टचारको दलदलमा फसेर आफ्नो चरित्र मात्रै होइन अख्तियारको छविलाई समेत धुमिल बनाइ छाडे । पदीय दुरुपयोगको रजगजमा रमाउने पाठकलाई अन्तत काननुले छोडेन । विशेष अदालतको यो फैसलाले शक्तिशाली पदमा बसेकाहरूलाई ज्वरो आएको छ । पाठकका करतुतहरू अगणित छन्, स्रोत नखुलेको सम्पत्ति आर्जन त थाँती नै रहेको छ । यद्यपि एउटै फैसलाले उनको शाख पानीमा बगेको छ । अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीका ‘टिम मेम्बर’ आयुक्त पाठकले पदीय दुरुपयोग गर्दै आफूलाई सर्वशक्तिमान घोषित गरे । अख्तियारले भ्रष्टाचारीलाई कारवाही गर्नुको सट्टा सुनपानी छर्केर चोख्याने मात्र काम गरेन सदाचारीलाई भ्रष्टाचारी घोषित गरिदिने धम्की समेत दियो ।

नेपाल इन्जिनियरिङ कलेजमा आर्थिक हिनामिनाको उजुरी परेपछि अनुसन्धानको जिम्मेवारी पाएका पाठकले कलेजका अध्यक्षसँग ७८ लाख ‘घुस’ लिएको कुरा भिडियोबाट सञ्चार माध्यममा आएपछि अख्यियारले नै विशेष अदालतमा मुद्धा दायर गर्दा उनको आरोलो यात्रा सुरु भएको थियो । पाठकलाई भ्रष्टचार नियन्त्रणको जिम्मेवारी दिइए पनि उल्टै भ्रष्टचारको दलदलमा फसेर आफ्नो चरित्र मात्रै होइन अख्तियारको छविलाई समेत धुमिल बनाइ छाडे । पदीय दुरुपयोगको रजगजमा रमाउने पाठकलाई अन्तत काननुले छोडेन । विशेष अदालतको यो फैसलाले शक्तिशाली पदमा बसेकाहरूलाई ज्वरो आएको छ । पाठकका करतुतहरू अगणित छन्, स्रोत नखुलेको सम्पत्ति आर्जन त थाँती नै रहेको छ । यद्यपि एउटै फैसलाले उनको शाख पानीमा बगेको छ । अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीका ‘टिम मेम्बर’ आयुक्त पाठकले पदीय दुरुपयोग गर्दै आफूलाई सर्वशक्तिमान घोषित गरे । अख्तियारले भ्रष्टाचारीलाई कारवाही गर्नुको सट्टा सुनपानी छर्केर चोख्याने मात्र काम गरेन सदाचारीलाई भ्रष्टाचारी घोषित गरिदिने धम्की समेत दियो ।

डा. गोविन्द के.सी.ले चलाएको अनशन अभियानको एउटा बुँदामा लोकमानसिंह कार्की र राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउनु पर्ने कुरा समेटिनुले नै पाठक कति भ्रष्ट रहेनछन् भन्ने कुराको पोल खुल्छ । अन्तत कार्की आयोगका लागि अयोग्य घोषित भएर पदमुक्त भए भने पाठक भ्रष्टचारी करार भए । अब पालो छ ललिता निवास प्रकरणका नायक दीप बस्नेतको । उनलाई अख्तियारले चोख्याउने चलखेल गर्नु वाञ्छनीय देखिदैन् । सर्वत्र चर्चामा आएका बस्नेतले पनि उन्मुक्ति पाउनु हुँदैन् ।

डा. गोविन्द के.सी.ले चलाएको अनशन अभियानको एउटा बुँदामा लोकमानसिंह कार्की र राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउनु पर्ने कुरा समेटिनुले नै पाठक कति भ्रष्ट रहेनछन् भन्ने कुराको पोल खुल्छ । अन्तत कार्की आयोगका लागि अयोग्य घोषित भएर पदमुक्त भए भने पाठक भ्रष्टचारी करार भए । अब पालो छ ललिता निवास प्रकरणका नायक दीप बस्नेतको । उनलाई अख्तियारले चोख्याउने चलखेल गर्नु वाञ्छनीय देखिदैन् । सर्वत्र चर्चामा आएका बस्नेतले पनि उन्मुक्ति पाउनु हुँदैन् । विधिको बाटोमा मुलुक हिँडाउनेहरू नै जस्केलाबाट प्रवेश गर्दा विचलनको सुरुवात भएको हो । संसदीय सुनुवाई विना पदमा पुगेकाहरूको चरित्र र चालचलनकोको पनि अनुसन्धान अपरिहार्य छ ।

बिहीबार फैसला गरिएको पाठक प्रकरणमा विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, यमुना भट्टराई र बलभद्र बाँस्तोलाको संयुक्त इजलाशलाई विशेष धन्यवाद दिनुपर्छ । इजलाशले पाठकको घुस प्रकरणलाई छिनोफानो गरेर ठेगाना लगाइदिएको छ भने अन्य तामिलीमा रहेकाहरूको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ । पाठकले १ करोड ६५ लाख माग गरे पनि ७८ लाख रुपैयाँ घुस लिएको २०७५ फागुन १ गते सार्वजनिक भएको थियो । उनले कलेजको मुद्धा तामेलीमा राखिदिने आश्वासन दिएर नगद मागेका थिए । ३ गते उनले राजीनामा दिएपछि अनुसन्धान अगाडि बढेको थियो । अख्तियारले पाठकका विषयमा २०७५ चैत्र १२ गते विशेष अभियोगपत्र दर्ता गरेको थियो । संवैधानिक पदमा वहाल भएको व्यक्तिका विषयमा दायर गरिएको यो पहिलो घुस प्रकरण हो ।

बिहीबार फैसला गरिएको पाठक प्रकरणमा विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, यमुना भट्टराई र बलभद्र बाँस्तोलाको संयुक्त इजलाशलाई विशेष धन्यवाद दिनुपर्छ । इजलाशले पाठकको घुस प्रकरणलाई छिनोफानो गरेर ठेगाना लगाइदिएको छ भने अन्य तामिलीमा रहेकाहरूको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ । पाठकले १ करोड ६५ लाख माग गरे पनि ७८ लाख रुपैयाँ घुस लिएको २०७५ फागुन १ गते सार्वजनिक भएको थियो । उनले कलेजको मुद्धा तामेलीमा राखिदिने आश्वासन दिएर नगद मागेका थिए । ३ गते उनले राजीनामा दिएपछि अनुसन्धान अगाडि बढेको थियो । अख्तियारले पाठकका विषयमा २०७५ चैत्र १२ गते विशेष अभियोगपत्र दर्ता गरेको थियो । संवैधानिक पदमा वहाल भएको व्यक्तिका विषयमा दायर गरिएको यो पहिलो घुस प्रकरण हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफै शुद्धीकरणको बाटोमा हिड्यो भने मात्रै भुईंतहको जनविश्वास कायम हुन्छ । अब अख्यियारले २०४६ सालको परिवर्तनपछि सत्तामा राइदाइँ गर्नेहरूको स्रोत नखुलेको सम्पत्ति उपर छानविन गरेर राष्ट्रियकरण गर्ने घतलाग्दो कामको सुरुवात गर्नु आवश्यक छ । अख्तियारले गहन र सघन अनुसन्धान गर्ने, तामेली शैली परित्याग गरी क्रियात्मक अभियान सुरु गर्न अपरिहार्य छ । सानो माछा समातेर मिडिया मार्केटिङ गर्नुभन्दा नाम चलेका ठूला माछाका दर्जन फाइलको फायर खोल्न ढिलो गर्नु हुँदैन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफै शुद्धीकरणको बाटोमा हिड्यो भने मात्रै भुईंतहको जनविश्वास कायम हुन्छ । अब अख्यियारले २०४६ सालको परिवर्तनपछि सत्तामा राइदाइँ गर्नेहरूको स्रोत नखुलेको सम्पत्ति उपर छानविन गरेर राष्ट्रियकरण गर्ने घतलाग्दो कामको सुरुवात गर्नु आवश्यक छ । अख्तियारले गहन र सघन अनुसन्धान गर्ने, तामेली शैली परित्याग गरी क्रियात्मक अभियान सुरु गर्न अपरिहार्य छ । सानो माछा समातेर मिडिया मार्केटिङ गर्नुभन्दा नाम चलेका ठूला माछाका दर्जन फाइलको फायर खोल्न ढिलो गर्नु हुँदैन् । २०४८ सालमा आयोग स्थापना हुँदा जन्मिएको बच्चा आज ३० वर्ष पार गरिसकेको छ । अख्यियार कै अनुसन्धान अधिकृत बन्ने भइसकेका छन् । अब आयोगले समयको दुरुपयोग गर्ने छुट छैन् । भटाभट भ्रष्टाचारीलाई जेल पठाएर सदाचारीको मनोबल उठानुपर्छ ।

कमेन्ट्स
Loading...