सुचना, समाचार र मनोरन्जन

नागरिकले श्रद्धा गर्ने राष्ट्रपति बन

सम्पादकीय /

देशले संघीय लोकतान्त्रिक गणतन्त्रमा वामे सर्दै गर्दा तेस्रो राष्ट्रपतिका रूपमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल चुनिएका छन् । मधेश र महिलाको प्रतिनिधित्व गर्दै शितल निवास पुगेका डा. रामवरण यादव र विद्यादेवी भण्डारीपछि खसआर्य र पहाडीको कित्ताबाट पौडेलले यात्रा तय गरेका छन् । लोकतान्त्रिक अभ्यासमा जनताका छोराछोरीबाटै मुलुकको सर्वोच्च पदमा रामचन्द्र पौडेल शितल निवास पुग्नु सुखद कुरा हो । प्रजातन्त्रका लागि ६ दशक खर्चेका पौडेलले १४ वर्ष जेलका चिसो छिँडीमा बस्दा पनि डगमगाएन् ।

राणा शासनकालमा जन्मिएका पौडेलले पञ्चायती व्यवस्थाका विरुद्ध निरन्तर लडे । राजाको निरङ्कुशता, सर्वसत्तावाद र अधिनायकवादका विरुद्ध आफ्नो आवाज दिइरहे । प्रजातन्त्रका लागि लडेका पौडेलले प्राप्ति र उपलब्धिको जगेर्ना गर्दै मूल्यमान्यता स्थापित गरेर देशलाई सही बाटोमा अघि बढाउन मार्गनिर्देश गर्नुपर्छ । पौडेल परिपक्व राजनीतिक व्यक्तित्व भएका कारण पनि आफ्नो पदीय मर्यादाको ख्याल गर्दै देश र संविधानका बारेमा चिन्ता र चिन्तन गर्नु अपरिहार्य छ ।

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकको हितका लागि छाती चौडा गर्नुपर्छ । ‘रबर स्ट्याम्प’ पद्धतिबाट मुक्त हुनुपर्छ । नेपाली समाज इन्द्रणी रङको छ, राजनीतिक रङमा मात्रै दृष्टि दिनु दोष हुनेछ । ऐन मौकामा संविधानले राष्ट्रपतिलाई दिएको ‘विवेकीय अधिकार’ प्रयोग गर्दा पनि मुलुक र नागरिकको हितमा छ कि छैन् भन्ने सवालमा एकिन हुनुपर्छ ।

तनहुँको भूमिबाट ६ पटक चुनाव जितेर मन्त्री, उपप्रधानमन्त्री, सभामुख भएका पौडेल कम विवादस्पद र स्वच्छ छवि भएका राजनीतिक व्यक्तित्वका रूपमा टिकीरहे । अब भने त्यो शाखलाई कायम राख्दै अझ् सानलाई उचो राख्न खरो रूपमा उत्रनु पर्छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकको हितका लागि छाती चौडा गर्नुपर्छ । ‘रबर स्ट्याम्प’ पद्धतिबाट मुक्त हुनुपर्छ । नेपाली समाज इन्द्रणी रङको छ, राजनीतिक रङमा मात्रै दृष्टि दिनु दोष हुनेछ । ऐन मौकामा संविधानले राष्ट्रपतिलाई दिएको ‘विवेकीय अधिकार’ प्रयोग गर्दा पनि मुलुक र नागरिकको हितमा छ कि छैन् भन्ने सवालमा एकिन हुनुपर्छ ।

दुई सय पचास वर्ष लामो राजतन्त्रको जरो किलो उखेलेर गणतन्त्रको स्थापना भएपछि जनताको छोराछोरी पनि राष्ट्रको सर्वोच्च पदमा पुग्ने ढोका खुलेको हो । वंशवादमा आधारित शासन व्यवस्थाले जनतालाई केवल रैतीका रूपमा मात्रै लिएको थियो । सम्मानित पदमा आसन ग्रहण गरेपछि राजा फालेका नेताले फेरि राजा हुने सपना देख्नु र चाहना राख्नु अर्को महाभूल हुनेछ । संसदीय अभ्यास गरेका ९ वटा दलले उनलाई राष्ट्रपतिका रूपमा समर्थन गरे । जसले गर्दा लोकतन्त्रको सौन्दर्य बढेको छ ।

राष्ट्रपतिले विलासी शैली र राजसी पारा देखाउँदा सर्वसाधरणले रुचाउँदैनन भन्ने तथ्यलाई पनि न्युनतम रूपमा ख्याल गर्नुपर्छ । नागरिकको हुर्मत लिँदा चिडिन्छन् भन्ने सामान्य ज्ञानलाई आत्मबोध गरेर राजकीय सम्मान ग्रहण गर्नुपर्छ । मरिजाने चोलामा सुरक्षाका नाममा नौटङ्की गर्नु भुईंतहका मान्छेको धज्जी उँडाउनु हो । उनले अप्नाउँदै आएको सादगी शैली नै रामचन्द्रका लागि राष्ट्रपति हुँदा पनि काफी छ भन्ने सन्देश दिँदा सम्मानभाव बढ्ने छ ।

राष्ट्रपतिले विलासी शैली र राजसी पारा देखाउँदा सर्वसाधरणले रुचाउँदैनन भन्ने तथ्यलाई पनि न्युनतम रूपमा ख्याल गर्नुपर्छ । नागरिकको हुर्मत लिँदा चिडिन्छन् भन्ने सामान्य ज्ञानलाई आत्मबोध गरेर राजकीय सम्मान ग्रहण गर्नुपर्छ । मरिजाने चोलामा सुरक्षाका नाममा नौटङ्की गर्नु भुईंतहका मान्छेको धज्जी उँडाउनु हो । उनले अप्नाउँदै आएको सादगी शैली नै रामचन्द्रका लागि राष्ट्रपति हुँदा पनि काफी छ भन्ने सन्देश दिँदा सम्मानभाव बढ्ने छ । आफूलाई वरिष्ठ र नागरिकलाई मामुलीको तहमा राख्दा सम्बन्धको दूरी जरुर बढ्छ, वितृष्णाको भाव उत्पन्न हुन्छ । शितल निवासको शाख र राष्ट्रपतिको सान मात्रै जोगाउन स नागरिकले श्रद्धा र सम्मान गर्ने छन् ।

आलङ्कारिक राष्ट्रपतिका रूपमा शितल निवास प्रवेशपछि पौडेल तनुहँ रिस्तीवासीका मात्रै नभएर समग्र नेपालीका अभिभावक हुनुपर्छ । नेपाली काँग्रेसको वरिष्ठ नेताको धङ्धङगीबाट मुक्त भएर संविधानको रक्षकका रूपमा पहरेदारी गर्नुपर्छ । न्युनतम रूपमा भएपछि राष्ट्रपति संस्थाको मर्यादा र गरिमा उचो राख्ने काम गर्दा गौरवको अनुभूति हुनेछ । उच्चासनमा बसेपछि नै अग्नि परीक्षा सुरुहुन्छ ।

मर्यादाक्रमको एक नम्बरमा नाम दर्ज गराएका पौडेललेको काँधमा मुलुकको अभिभावक र संविधानको संरक्षकको अभिभारा थपिएको छ । पूर्ववर्ती राष्ट्रपतिले देश र संविधानका प्रति लिएको हर्कतबाट पाठ सिकेर असल र सफल राष्ट्रपतिको इतिहास कोर्नु आवश्यक छ । खराब नजिरको ऐनामा आफ्नो अनुहार हेर्नु हुँदैन् । आलङ्कारिक राष्ट्रपतिका रूपमा शितल निवास प्रवेशपछि पौडेल तनुहँ रिस्तीवासीका मात्रै नभएर समग्र नेपालीका अभिभावक हुनुपर्छ । नेपाली काँग्रेसको वरिष्ठ नेताको धङ्धङगीबाट मुक्त भएर संविधानको रक्षकका रूपमा पहरेदारी गर्नुपर्छ । न्युनतम रूपमा भएपछि राष्ट्रपति संस्थाको मर्यादा र गरिमा उचो राख्ने काम गर्दा गौरवको अनुभूति हुनेछ । उच्चासनमा बसेपछि नै अग्नि परीक्षा सुरुहुन्छ ।

राजकीय सम्मान पाउने राष्ट्रपतिले सवारीका नाममा निमुखा नागरिकलाई सास्ती र गोता दिनु हुँदैन् । राष्ट्रपतिका कारण सवारी आवागमनमा बाधा अवरोध हुँदा घण्टौं ट्राफिक जाम हुँदा केवल रामरमिता मात्रै हुनेछ । सकड सुनसान पारेर गरिने सवारीले राष्ट्रपतिको साझा व्यक्तित्वलाई जनताबाट टाढा पु¥याउँछ । सवारीमा साइरन बजाउँदा ध्वनि प्रदूषण त हुन्छ नै नागरिकलाई अत्यास लाग्दो बनाउनु अन्याय हुनेछ ।

राष्ट्रपति भएर सुन्दरीजल पुग्नु मात्रै ठूलो काम होइन, विपीको आदर्शलाई व्यवहारमा अनुवाद गर्नु महानता हो । राजकीय सम्मान पाउने राष्ट्रपतिले सवारीका नाममा निमुखा नागरिकलाई सास्ती र गोता दिनु हुँदैन् । राष्ट्रपतिका कारण सवारी आवागमनमा बाधा अवरोध हुँदा घण्टौं ट्राफिक जाम हुँदा केवल रामरमिता मात्रै हुनेछ । सकड सुनसान पारेर गरिने सवारीले राष्ट्रपतिको साझा व्यक्तित्वलाई जनताबाट टाढा पु¥याउँछ । सवारीमा साइरन बजाउँदा ध्वनि प्रदूषण त हुन्छ नै नागरिकलाई अत्यास लाग्दो बनाउनु अन्याय हुनेछ । शितल निवास आफन्त र नातागोताको भर्ती केन्द्र हुनु हुँदैन् । सल्लाहकार र विज्ञको कुनियो लगाउँदा खर्चको भार बढ्छ । सादा र सरल जीवन शैली अप्नाएर पनि राजकीय मर्यादामा रहन सकिन्छ । राष्ट्रपतिको कद अग्लिन्छ । रामराज्यको अनुभूति हुन्छ ।

शितल निवासले नेपाली नागरिकलाई न्यानोपन दिनु आवश्यक छ । पशुपतिनाथको दर्शन गरेका राष्ट्रपति पौडेलको मात्रै नभएर पशुपतिनाथले मुलुकर नागरिकको कल्याण गरुन । नेपाली जनताले लामो समयसम्म पनि शालिन राष्ट्राध्यक्षका रूपमा मनमा राख्न सकुन । राष्ट्रपति रामचन्द्र पौडेललाई सफल र सार्थक कार्यकालका लागि हार्दिक बधाई साथमा शुभकामना ।

मुलुकको एक नम्बरको कुर्सीमा बसेर राजनीतिक शक्ति सञ्चय गर्ने भावनाबाट जरुर माथि उठ्नु पर्छ । गणतन्त्रको गरिमा गाउँका जनताले गाउन लायक बनोस् । शितल निवासले नेपाली नागरिकलाई न्यानोपन दिनु आवश्यक छ । पशुपतिनाथको दर्शन गरेका राष्ट्रपति पौडेलको मात्रै नभएर पशुपतिनाथले मुलुकर नागरिकको कल्याण गरुन । नेपाली जनताले लामो समयसम्म पनि शालिन राष्ट्राध्यक्षका रूपमा मनमा राख्न सकुन । राष्ट्रपति रामचन्द्र पौडेललाई सफल र सार्थक कार्यकालका लागि हार्दिक बधाई साथमा शुभकामना ।

कमेन्ट्स
Loading...