सम्पादकीय /
नेपाली समाजले मान्दै आएको विक्रम सम्वतले २०८० मा पाइला टेकेको छ । यो पूरानो वर्षको विदाई मात्रै होइन ८० को दशकको प्रथम खुड्किलो पनि हो । दशककै प्रारम्भ पनि हो । समय गतिशील छ, पल, क्षण, दिन, हप्ता, महिना हुँदै वर्ष वितिहाल्छ । समाज परिवर्तनशील छ, हरेक चिज आज जस्तो छ भोलि त्यस्तै रहँदैन । मानव सभ्यता परिवर्तनको चाहना मात्रै राख्दैन क्रियात्मक अभियानमा सरिक पनि हुन्छ । बसन्त ऋतुको प्रकृतिमा नयाँ पालुव पलाएको छ । नयाँ भित्ते पात्रो पल्टाउन पाइएको छ । शुभकामनाको आदनप्रदान भएको छ । नयाँ साल घर आँगनमा आएको छ । शिशिर ऋतुका सिख्रा रूखहरू वसन्तसम्म आइपुग्दा नयाँ पालुवाले झम्म भएका छन् । नेपाली नागरिकका जीवनमा पनि सपनाका नयाँ पालुवा पलाएका छन् । चराचुरुङ्गीले गुँड लगाएर नयाँ सन्तानको योजना बनाए जस्तै नेपाली जनताका चाहना कोरल्ने वातावरण बन्नु पर्छ । समग्रमा देशले दिशा निर्देश गर्ने एउटा कम्पास पाओस् ।
अब पनि चर्काचर्का भाषण गरेर, नारा लगाएर जनताको कानको जाली खराब पार्ने काम किमार्थ नहोस् । नेतृत्वले पनि सदाचार पद्धति अङ्गालेको देख्न पाइयोस् । रवाफिलो, भड्किलो जीवन शैली होइन सादगी र सरल जीवन शैलीमा शासन सत्ता चलाउने सरकारलाई देख्नु पाइयोस् । गरिबी, अभाव, अविकास र आर्थिक मन्दीले झापड हानेका नेपाली नागरिकले मत दिएर सांसद, मन्त्री र नेता भएका महानुभावले एकपटक आफ्नो शैलीलाई परिवर्तन गर्न आवश्यक छ ।
अब पनि चर्काचर्का भाषण गरेर, नारा लगाएर जनताको कानको जाली खराब पार्ने काम किमार्थ नहोस् । नेतृत्वले पनि सदाचार पद्धति अङ्गालेको देख्न पाइयोस् । रवाफिलो, भड्किलो जीवन शैली होइन सादगी र सरल जीवन शैलीमा शासन सत्ता चलाउने सरकारलाई देख्नु पाइयोस् । गरिबी, अभाव, अविकास र आर्थिक मन्दीले झापड हानेका नेपाली नागरिकले मत दिएर सांसद, मन्त्री र नेता भएका महानुभावले एकपटक आफ्नो शैलीलाई परिवर्तन गर्न आवश्यक छ । मुलुक आर्थिक अवस्था निराशाजनक छ, कर तिरेको पैसाले चालु खर्च पनि धान्न नसक्ने हातलमा पुगेको छ । अब तलब खाने कर्मचारीले घुस नखाने प्रतिवद्धता सार्वजनिक गर्नुपर्छ । नेपालको ढुकुटीलाई चुनौती दिएर २०७९ विदा भएको छ । यो चुनौतीलाई सहस्र स्वीकारेर नयाँ मार्कामा योजनाको खाका कोर्नुपर्छ । अब उही पूरानै ढर्रा र पाराले विकास र समृद्धिको फल आकाशबाट झर्दैन् । सरकारले खर्च गर्न पनि सकेन र राजश्व उठाउन पनि सकेन ।
राजश्वले चालु खर्च किन धान्न सकेन ? बैंकसँग किन उद्यमीले कर्जा माग गरेनन् ? सहकारीसँग किन नागरिकको विश्वास टुट्यो ? जनताका अपेक्षाहरूलाई कसले कैदी बनाएको छ ? के देश विचौलिया र दलालहरूको मात्रै हो ? यी र यस्ता सयौं प्रश्न नागरिका मनमा छन् कमसे कम राज्यले यस्ता यक्ष प्रश्नहरूको हल गर्ने हिम्मत गरोस् ।
महाभूकम्प, नाकाबन्दी, महामारी, बाढीपहिरो, डडेलोले जनजनका मनलाई दुखाएको छ । कति घाऊहरू अझै आलै छन् । ७० को सास्ती ८० को दशकमा दर्दनाक नहोस् । अमनचैन र सुखको सास फेर्न पाइयोस् भन्ने नै नागरिकको अभिलाषा हो । राजश्वले चालु खर्च किन धान्न सकेन ? बैंकसँग किन उद्यमीले कर्जा माग गरेनन् ? सहकारीसँग किन नागरिकको विश्वास टुट्यो ? जनताका अपेक्षाहरूलाई कसले कैदी बनाएको छ ? के देश विचौलिया र दलालहरूको मात्रै हो ? यी र यस्ता सयौं प्रश्न नागरिका मनमा छन् कमसे कम राज्यले यस्ता यक्ष प्रश्नहरूको हल गर्ने हिम्मत गरोस् ।
सुधारका लागि असम्भव भन्ने केही छैन् केवल दृढ आत्मविश्वास र संकल्पको खाँचो छ । कुराले कल्चौडाको दूध आँदैन् । भाषणले रासन दिदैन । गफले गैँची उचाल्दैन । कागजी बाघले सिकार गर्दैन भन्ने भाष्यलाई यो साल पनि पुनरावृत्ति गर्नुको कुनै तुक हुँदैन । राज्य संयन्त्रको अवयवहरू चुस्तदुरुस्त भएमा नै समृद्धिको सपना साकार हुन्छ । संयन्त्रका भाइरस र क्यान्सरको सख्त शल्यक्रिया आवश्यक छ ।
सुधारका लागि असम्भव भन्ने केही छैन् केवल दृढ आत्मविश्वास र संकल्पको खाँचो छ । कुराले कल्चौडाको दूध आँदैन् । भाषणले रासन दिदैन । गफले गैँची उचाल्दैन । कागजी बाघले सिकार गर्दैन भन्ने भाष्यलाई यो साल पनि पुनरावृत्ति गर्नुको कुनै तुक हुँदैन । राज्य संयन्त्रको अवयवहरू चुस्तदुरुस्त भएमा नै समृद्धिको सपना साकार हुन्छ । संयन्त्रका भाइरस र क्यान्सरको सख्त शल्यक्रिया आवश्यक छ । राजनीतिक नेतृत्वले बहुजन हिताएमा काम गरोस् भन्ने कामना गर्न सकिन्छ । ७० को दशकमा नेपालले नयाँ संविधान पायो । तर पटकपटक संविधानको जहाजले दूर्घटना सामाना ग¥यो । जनताले पसिना झारेर कमाएको धनबाट कर तिरेका छन् । कर तिर्नेहरू सधैँ दुब्ला र करबाट पालिनेहरू मोटाघाटा देखिने संस्कारको अन्त्य चाहान्छ । मुलुकमा सुशासन कायम होस् । ढिुकुटीमा के कति ऋणधन छ पारदर्शी होस् । जवाफदेहिता होस् भन्ने कामना सामान्य नागरिकले गरेका छन् ।
हामी समयको दास भएर होइन समयलाई दास बनाएर आफ्नो काममा लाग्न सके प्रगति, उन्नति, समृद्धि हाम्रो हातमा लाग्छ । वनस्पतिमा पूराना पातहरू पहेँलपुर भएर झर्दा हरिया पालुवाले एउटा ऋतु चक्रभरि आफ्नो अस्तित्व देखाउँछ । वितेका वर्षका गल्ती कमीकम्जोरीबाट सवक सिकेर, शिक्षा लिएर हामीले नयाँ मुना पलाए जस्तै नयाँ संकल्प लिन आवश्यक छ । भनिन्छ हाम्रो लागि सच्चाई दालभातभन्दा प्यारो हुन्छ । देश चलाउन सत्तामा पुगेका राजनीतिक दलले कमसे कम देशलाई दिशा निर्देश गर्ने कम्पास लिएर लक्ष्यमा पु¥याउन आवश्यक छ । नागरिकको निधारमा निराशाको पसिना नदेखियोस । आँखामा आशा र विश्वास छचल्कियोस् ।
प्रारम्भमा शुभकामना आदनप्रदान गरेको नयाँ वर्षले हर्ष दिने हिम्मत पनि गुर्नपर्छ । २०८० सालको चैत्र आखिरीतिर वर्षभरिको समीक्षा गरेर समयलाई सराप्नु नपरोस् । हामी समयको दास भएर होइन समयलाई दास बनाएर आफ्नो काममा लाग्न सके प्रगति, उन्नति, समृद्धि हाम्रो हातमा लाग्छ । वनस्पतिमा पूराना पातहरू पहेँलपुर भएर झर्दा हरिया पालुवाले एउटा ऋतु चक्रभरि आफ्नो अस्तित्व देखाउँछ । वितेका वर्षका गल्ती कमीकम्जोरीबाट सवक सिकेर, शिक्षा लिएर हामीले नयाँ मुना पलाए जस्तै नयाँ संकल्प लिन आवश्यक छ । भनिन्छ हाम्रो लागि सच्चाई दालभातभन्दा प्यारो हुन्छ । देश चलाउन सत्तामा पुगेका राजनीतिक दलले कमसे कम देशलाई दिशा निर्देश गर्ने कम्पास लिएर लक्ष्यमा पु¥याउन आवश्यक छ । नागरिकको निधारमा निराशाको पसिना नदेखियोस । आँखामा आशा र विश्वास छचल्कियोस् । हाम्रो पनि यहाँहरू सबैलाई नयाँ वर्ष २०८० को हार्दिक मङ्गलमय शुभकामना ।
