सम्पादकीय /
नेपाल प्रकृतिले वरदान दिएको देश हो तर वायु प्रदूषण र तुँवालो सदावहार सास्ती बनेको छ । विश्वका सर्वाधिक प्रदूषित १० सहर मध्ये नेपालको राजधानी काठमाडौं पहिलो नम्बरमा दर्ज हुनु दूर्भाग्य हो । ५० लाख नागरिक बस्ने कचौराजस्तो काठमाडौं स्वच्छ हावा नपाएर निसासिएको छ । यसघडी मुलुक तुँवालोको तनावमा छ । हामीले फेर्ने सास दिनप्रतिदिन विषाक्त बन्दा समस्या थपिएको छ । स्वच्छ हावाको अभावले दम र निमोनियाका विरामी चरम सङ्कटमा परेका छन् । वायु प्रदूषणले जनजीवन उकुसमुकुस मात्रै होइन भयावह बनेको छ ।
वायु प्रदूषणले जनस्वास्थ्यलाई मात्रै होइन अर्थतन्त्रलाई पनि प्रत्यक्ष प्रभाव पारेको छ । फोक्सोको क्यान्सर, मुटुको रोग, उच्च रक्तचाप र मस्तिष्कघातले नागरिकको धनपैसो खर्च भइरहेको छ । बालबालिका र वृद्धवृद्धालाई वायु प्रदूषण कहर सावित भएको छ । वायु गुणस्तरको सूचाङ्क ५० लाई सन्तोषजनक मानिए पनि २ सय ९ सम्म एक्यूआई पुग्दा अस्वस्थकर जीवन बाँच्नु परेको छ । छाला र आँखा चिलाउने, आँखा पिरो हुने, रुघाखोकी लाग्ने, एजर्जी हुने, छाती र घाँटी दुख्ने समस्या देखिएका छन् । नागरिक अस्वस्थ्यताप्रति सरकारी चासो र चिन्ता देखिनु अत्यन्त अपरिहार्य छ ।
मुलुकका विभिन्न भागका जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषित बढेको यथार्थ नकार्न सकिदैन् । सवारी साधनले फालेको धूँवा, अस्तव्यस्त सडकको धुलो, फोहर मैला जलाउँदाको धूँवा, इँटाभट्टाबाट निस्केको धूँवा, भान्सामा बालिने दाउरा र गुइँठाबाट निस्कने धूँवा, कृषिजन्य अवशेष बाल्नु प्रदूषणका मुहान हुन् । मुहान् नै फोहर भएपछि समस्या जटिल बन्छ नै । वायु प्रदूषणका कारण अस्पतालमा दम र निमोनियाका विरामीको चाप बढ्दो छ । दीर्घरोगीलाई तनाव भएको छ । हवाइ उडान प्रभावित बन्दा आवागमन ठप्प प्रायः बन्यो । वायु प्रदूषणले जनस्वास्थ्यलाई मात्रै होइन अर्थतन्त्रलाई पनि प्रत्यक्ष प्रभाव पारेको छ । फोक्सोको क्यान्सर, मुटुको रोग, उच्च रक्तचाप र मस्तिष्कघातले नागरिकको धनपैसो खर्च भइरहेको छ । बालबालिका र वृद्धवृद्धालाई वायु प्रदूषण कहर सावित भएको छ । वायु गुणस्तरको सूचाङ्क ५० लाई सन्तोषजनक मानिए पनि २ सय ९ सम्म एक्यूआई पुग्दा अस्वस्थकर जीवन बाँच्नु परेको छ । छाला र आँखा चिलाउने, आँखा पिरो हुने, रुघाखोकी लाग्ने, एजर्जी हुने, छाती र घाँटी दुख्ने समस्या देखिएका छन् । नागरिक अस्वस्थ्यताप्रति सरकारी चासो र चिन्ता देखिनु अत्यन्त अपरिहार्य छ ।
वन तथा वातावरण मन्त्रालय चुपचाप रहँदा वायु प्रदूषणको मुद्धा ओझेलमा परेको छ । वातावरण विज्ञका अनुसार प्रदूषित वायुमा रहने कणले मुटु, मस्तिष्क र फोक्सोलाई गम्भीर असर पार्छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार वायु प्रदूषणका कारण हरेक वर्ष विश्वका ६७ लाख मानिसको मृत्यु हुने गरेको छ भने नेपालमा वार्षिक ४२ हजारभन्दा बढी नागरिकको ज्यान गएको तथ्याङ्कले पुष्टि गरिसकेको छ ।
सरकारले प्रदूषण नियन्त्रण र रोकथामका लागि पेट्रोल र डिजेलमा अतिरिक्त कर लगाएको छ । विगतको दशकमा सङ्कलन भएको १७ अर्ब भन्दा बढी रकम कहाँ कसरी खर्च भएको छ अत्तोपत्तो छैन् । निश्चित प्रयोजनका लागि उठाएको कर सदुपयोग भएको छैन् । सङ्कलित रकमको औचित्य पुष्टि भएको छैन् । एउटा समान्य कार्यविधि र रणनीति नहुँदा रकम अलपत्र परेको छ । महालेखाले सरकारलाई यस विषयमा ध्यानाकर्षण समेत गराएको छ । वन तथा वातावरण मन्त्रालय चुपचाप रहँदा वायु प्रदूषणको मुद्धा ओझेलमा परेको छ । वातावरण विज्ञका अनुसार प्रदूषित वायुमा रहने कणले मुटु, मस्तिष्क र फोक्सोलाई गम्भीर असर पार्छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार वायु प्रदूषणका कारण हरेक वर्ष विश्वका ६७ लाख मानिसको मृत्यु हुने गरेको छ भने नेपालमा वार्षिक ४२ हजारभन्दा बढी नागरिकको ज्यान गएको तथ्याङ्कले पुष्टि गरिसकेको छ ।
सरकारी प्रतिवद्धता र घोषणाहरू केवल कागजी बाघ मात्रै भएका छन् । माखो मार्ने काम भएको छैन् । मुलुकका सहरहरूलाई बस्न लायक, घुम्न लायक र हेर्न लायक नबनाउँदासम्म पर्यटन विकासका ठूलाठूला गफ गरे पनि त्यो केवल किस्सामा मात्रै सीमित रहनेछ । प्रदूषण नियन्त्रणका लागि उठाइएको पेट्रोलियम करको रकम अविलम्व जनहितमा खर्च गर्नु वाञ्छनीय देखिन्छ । वातावरण जोगाउन सुनको थालमा कागजी डलर माग्ने दरिद्र चिन्तनमा सुधार गर्नुपर्छ ।
वायु प्रदूषण र तुँवालोको समस्या न्युनीकरण गर्न सरकारले जनचेतनामूलक कार्यक्रम मात्रै होइन सचेत हस्तक्षेप गरेर अगाडि बढ्नु पर्छ । अटेरी र अवज्ञा गर्नेलाई सार्वजनिक अपराध अन्तर्गत कारवाही गर्नुपर्छ। सरकारी प्रतिवद्धता र घोषणाहरू केवल कागजी बाघ मात्रै भएका छन् । माखो मार्ने काम भएको छैन् । मुलुकका सहरहरूलाई बस्न लायक, घुम्न लायक र हेर्न लायक नबनाउँदासम्म पर्यटन विकासका ठूलाठूला गफ गरे पनि त्यो केवल किस्सामा मात्रै सीमित रहनेछ । प्रदूषण नियन्त्रणका लागि उठाइएको पेट्रोलियम करको रकम अविलम्व जनहितमा खर्च गर्नु वाञ्छनीय देखिन्छ । वातावरण जोगाउन सुनको थालमा कागजी डलर माग्ने दरिद्र चिन्तनमा सुधार गर्नुपर्छ । विद्युतीय सवारी साधन प्रयोगको नीति लागु गर्नुपर्छ । नवीकरणीय उर्जालाई प्रयोगमा ल्याउनुपर्छ । जङ्गल विनाश र डढेलो नियन्त्रणमा ख्याल गर्नुपर्छ । सास लिने हावालाई स्वच्छ बनाउन सबैको पहल र प्रयास आवश्यक छ ।
