सुचना, समाचार र मनोरन्जन

शरणार्थी बनाउने ठगलाई कारवाही गर

सम्पादकीय /

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पु¥याउन खोज्ने राजनीतिक नेतृत्व, कर्मचारी प्रशासन, अख्तियार र सङ्गठित गिरोहमाथि नेपाल प्रहरीले अनुसन्धान थालेपछि धेरैको निद्रा हराम भएको छ । प्रहरीको यो पहललाई भुईंतहका नागरिकले सलाम गरिसकेका छन् । शीर्ष नेताहरूले अनुसन्धानलाई प्रभाव पार्न र दवाव दिन चलखेल गरिसकेका छन जो लज्जाको विषय हो । यद्यपि नेपाल प्रहरी अनुसन्धानमा खरो उत्रनु आवश्वयक छ । दोषीलाई कारवाही गरेर मुलुकमा कानुन छ भन्ने प्रत्याभूति दिनुपर्छ । प्रारम्भिक चरणमा सङ्गठित गिरोहका ८ जना ठगहरू समातिएपछि क्रमशः नक्कली कामको पोल खुल्दै छ । सत्ताको रसपस खाइसकेका पूर्व गृहमन्त्री, मन्त्री, वहालवाला सचिव र कर्मचारीको नाम मात्रै सार्वजनिक हुँदा लहरो तान्दा पहरो घर्कने खतराले ठगहरू डगमगाएका छन् ।

सांसद र पूर्वमन्त्रीका नाममा पक्राउ पुर्जी जारी हुँदा फरार र भागाभागको अवस्था सिर्जना भएको छ । ठगहरूलाई सुनपानी छर्केर चोख्यान हतार भएको छ जो आफैमा खेदजनक र लाजको पसारो हो । नक्कली शरणर्थीको जालो डरलाग्दो छ, गिरोहले उच्चपदस्त व्यक्तिसँग साँठगाँठ गरेर नै यो काम गर्ने आँट र हैषियत राखेका हुन् । नेतृत्वले सङ्केत नदिएको भए र चास्नीमा नडुबेको भए जरुर नाम मुछिने थिएन्। गलत धन्दा र काम गर्न प्रेरित गर्ने मतियारहरू नै वास्तविक अपराधी हुन् । यिनीहरूलाई पानीमुनि पुगे पनि किमार्थ उन्मुक्ति दिनु हुँदैन् ।

सांसद र पूर्वमन्त्रीका नाममा पक्राउ पुर्जी जारी हुँदा फरार र भागाभागको अवस्था सिर्जना भएको छ । ठगहरूलाई सुनपानी छर्केर चोख्यान हतार भएको छ जो आफैमा खेदजनक र लाजको पसारो हो । नक्कली शरणर्थीको जालो डरलाग्दो छ, गिरोहले उच्चपदस्त व्यक्तिसँग साँठगाँठ गरेर नै यो काम गर्ने आँट र हैषियत राखेका हुन् । नेतृत्वले सङ्केत नदिएको भए र चास्नीमा नडुबेको भए जरुर नाम मुछिने थिएन्। गलत धन्दा र काम गर्न प्रेरित गर्ने मतियारहरू नै वास्तविक अपराधी हुन् । यिनीहरूलाई पानीमुनि पुगे पनि किमार्थ उन्मुक्ति दिनु हुँदैन् ।

विगतमा गृहले धेरै घटनामा आँखा चिम्लियो अब अवसर प्राप्त भएको छ । आफ्नो छवि सुधार्ने कि वर्वाद गर्ने ? अनुन्धानका क्रममा शक्तिशाली पात्र पनि तानिन सक्छन्। ठगी गिरोहका नाइकेको डायरीमा भएका नामहरू देखिन सक्छन् । पात्र र नामसँग गृहले यसघडी मोलाहिजा गर्नु हुँदैन् । अपराधमा संलग्न जोकोही पनि सजायँको भागिदार अवश्य बन्नुपर्छ ।

प्रहरी प्रशासन यही मुलुकका नागरिकले तिरेको करबाट पालितपोषित भएकाले अनुसन्धान गहिराई र कारवाहीको प्रक्रियासम्म पुग्दा आउने झमेलालाई सामना गरेर अगाडि बढ्न अत्यन्त आवश्यक छ । गृहप्रशासनले शक्तिको आडमा कमाउ धन्दा गर्नेलाई तह लगाउनै पर्छ । विगतमा गृहले धेरै घटनामा आँखा चिम्लियो अब अवसर प्राप्त भएको छ । आफ्नो छवि सुधार्ने कि वर्वाद गर्ने ? अनुन्धानका क्रममा शक्तिशाली पात्र पनि तानिन सक्छन् । ठगी गिरोहका नाइकेको डायरीमा भएका नामहरू देखिन सक्छन् । पात्र र नामसँग गृहले यसघडी मोलाहिजा गर्नु हुँदैन् । अपराधमा संलग्न जोकोही पनि सजायँको भागिदार अवश्य बन्नुपर्छ ।

सत्ता र शक्तिका आडमा हिजो पनि राहदानी बेचे, नागरिकता बेचे, सन्धि संझौताका नाममा नदी बेचे यति नपुगेर पैसाका लागि नागरिक नै बेच्चे संस्कृतिको अन्त्य हुनुपर्छ । यो गम्भीर मानव अपराध र देशद्रोहको कसुर हो । जब जनता जाग्छन अब नेतृत्वले जवाफ दिनै पर्ने हुन्छ ।

मुलुकलाई बदनाम गराउने कुपात्रलाई अंगरक्षक होइन जेलचलान गर्नुपर्छ । राज्यको दानापानी खाएर अख्तियारीको दुरुपयोग गर्नेलाई हदैसम्मको सजायँ भएन भने हात्ती आयो हात्ती आयो फुस्सा भन्ने उखान चरितार्थ हुन्छ । सत्ता र शक्तिका आडमा हिजो पनि राहदानी बेचे, नागरिकता बेचे, सन्धि संझौताका नाममा नदी बेचे यति नपुगेर पैसाका लागि नागरिक नै बेच्चे संस्कृतिको अन्त्य हुनुपर्छ । यो गम्भीर मानव अपराध र देशद्रोहको कसुर हो । जब जनता जाग्छन अब नेतृत्वले जवाफ दिनै पर्ने हुन्छ । हाम्रो वास्तविक सम्पत्ति यत्ति नै हो भनेर । अबको कानुनले काम गर्नै पर्छ, कानुन नागरिकका लागि मात्रै होइन नेताका लागि पनि हो ।

चाहे भूतपूर्व होस या वहालवाला ठगी धन्दाको नाइके हो भने हत्कडी मात्रै हौइन ‘गोर्खे लौरो’ लगाएर भए पनि दाखिला गर्नुपर्छ । गलत काम गर्ने ठग, भ्रष्ट र यसका मतियारहरूको मनोबल बढ्ने गरी, दण्डहीनतालाई प्रोत्साहन गर्नु अर्को सामाजिक महाअपराध हो ।

३५ वर्ष पूरानो भुटानी शरणार्थी समस्याको निराकरणको अन्तिम विन्दुमा आइपुग्दा चलखेलका लागि कार्यदल र प्रतिवेदन बनाएर छुटपुटका नाममा दाम कमाउन खोज्ने स्नामधन्य नामहरू संलग्न हुनु मानव तस्करीका कलङ्क हुन् । कलङ्कितलाई काख दिन खोज्नु शीर्ष नेताको गम्भीर कमजोरी हो जो इतिहासले क्षमा दिन सक्दैन् । नक्कली र सक्कली छुट्याउने काइदा अनुसन्धानको हो यसमा निर्दोष पर्नु हुँदैन, दोषी उम्कनु हुँदैन भन्ने कुरा सर्वसाधारणको हो । दवाव र प्रभावका लागि यो बोली नेतृत्वलाई सुहाउने कुरा होइन । चाहे भूतपूर्व होस या वहालवाला ठगी धन्दाको नाइके हो भने हत्कडी मात्रै हौइन ‘गोर्खे लौरो’ लगाएर भए पनि दाखिला गर्नुपर्छ । गलत काम गर्ने ठग, भ्रष्ट र यसका मतियारहरूको मनोबल बढ्ने गरी, दण्डहीनतालाई प्रोत्साहन गर्नु अर्को सामाजिक महाअपराध हो ।

नक्कली शरणार्थी प्रकरणले केही जीवन्त प्रश्न खडा गरेको छ । मानव तस्करीको जालो बुन्दा सरकार कहाँ थियो ? के आफ्नै देशका नागरिकलाई पैसाका लागि नक्कली शरणार्थी बनाएर अमेरिका पु¥याउन खोज्न नेपाल र नेपालीको अन्तर्राष्ट्रियस्तरमा बदनाम गराउने काम होइन ? यो देशमा अख्तियारीको दुरुपयोग गर्दा हेर्ने निकाय, राष्ट्रिय सतर्कता केन्द्र, प्रशासन, प्रहरीले किन आँखा चिम्लियो ? के यी निकायहरू पनि सङ्गठित गिरोहको जालोमा अल्झिएका थिए ? मुलुकको प्रशासनिक सयन्त्र कति भ्रष्ट छ र नेतृत्वलाई पनि कसरी पथभ्रष्ट बनाउँछ भन्ने दृष्टान्त यसले दिएको छ । देश तन्नम भइरहँदा यिनीहरूको जीवनशैली र रवाफको ग्राफ कसरी उचालियो ? आयस्रोत र खर्चको वासताल निकालेर बाँकी देखिएको कालो धन राष्ट्रिय ढुकुटीमा दाखिला गर्न सम्बन्धित निकाय चुक्नु हुँदैन् । कथमकदाचित चुकेमा नागरिकले थुक्ने छन्।

मुलुकभित्रको एउटा सानो ठगी र फौजदारी कसुरले अन्तर्राष्ट्रिय जगतको ध्यान तानेको छ । देशको शिर झुकाएको छ । नेतृत्वको सिउर गिराएको छ । भ्रष्टाचार नियन्त्रण ऐन र सम्पत्ति शु्द्धीकरण ऐनमा अक्सिजन भरेर कीर्ते कागज बनाउने र पैसा असुलउपर गर्ने गठहरूलाई अविलम्व निर्मम कारवाही भएको नेपाली नागरिक हेर्न चाहान्छन् । साना माछा मात्रै होइन ठूला माछा पनि समातिन्छन् भन्ने सन्देश जब जान्छ तब मात्रै राज्यप्रति नागरिकको विश्वास बढ्ने छ ।

भुटानी शरणार्थी व्यवस्थापनको मामिलामा नेपाल असफल भएको सत्य हो । भुटानबाट खेदिने शरणार्थीलाई भारतले ट्रकमा हालेर झापा ल्याइदियो । नेपालले बस चढाएर भुटान पु¥याउनुको साटो जहाज चढाएर अमेरिका र नर्वे पठायो । शरणार्थीको अनुसूची नक्कली बनाएर पैसा उठाउँदै अमेरिकाको सपना बेच्ने गिरोहले आफूलाई मात्रै होइन दुनियाँ जगतलाई लज्जित बनाएको छ । मुलुकभित्रको एउटा सानो ठगी र फौजदारी कसुरले अन्तर्राष्ट्रिय जगतको ध्यान तानेको छ । देशको शिर झुकाएको छ । नेतृत्वको सिउर गिराएको छ । भ्रष्टाचार नियन्त्रण ऐन र सम्पत्ति शु्द्धीकरण ऐनमा अक्सिजन भरेर कीर्ते कागज बनाउने र पैसा असुलउपर गर्ने गठहरूलाई अविलम्व निर्मम कारवाही भएको नेपाली नागरिक हेर्न चाहान्छन् । साना माछा मात्रै होइन ठूला माछा पनि समातिन्छन् भन्ने सन्देश जब जान्छ तब मात्रै राज्यप्रति नागरिकको विश्वास बढ्ने छ ।

कमेन्ट्स
Loading...