सम्पादकीय /
मुलुकको अर्थतन्त्र शिथिल र घायल छ, यो जगजाहेर हो । बाह्य क्षेत्रमा सुधारका सङ्केत देखिए पनि आन्तरिक अवस्थामा प्रसन्नता छैन् । लगानी, उत्पादन र रोजगारीका क्षेत्रमा व्यापक चुनौती देखिएको छ । सरकारको बजेटलाई सघाउन नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०÷८१ को सार्वजनिक मौद्रिक नीति लचिलो र सन्तुलित तवरबाट निर्माण गरेको छ । सरकारले लिएको वित्तीय नीतिलाई यसले सहयोग गर्ने अपेक्षा गरिएको छ । निजी क्षेत्रको आर्थिक क्रियाशीलता बढाउने व्यावहारिक अपेक्षा पनि यसमा समेटिएको छ । यद्यपि नीति क्षेत्र नीतिबाट उत्साहित छैन् । सहकारी र लघुवित्तको कार्यशैलीले भुईँतहमा असन्तुष्टि कायम गरेको छ । पीडितहरू आन्दोलित भएर सडकमा प्रदर्शन गरिरहेका छन् । नीतिले केही सुधार गर्न खोजे पनि राष्ट्र बैङ्कलाई अख्तियारी छैन् । समस्यालाई समाधानमा पु¥याउन बैङ्क वित्तीय क्षेत्रले पनि कार्यविधि बनाउनु पर्छ । निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न अगणित चुनैतीहरू सामना गर्नुपर्ने अवस्था छ ।
गत आवमा तय गरिएको पुँजीगत खर्चसमेत हुन सकेन भने राजस्व सङ्कलनमा पनि आशातित सफलता प्राप्त भएन् । कुल गार्हस्त उत्पादनमा पनि आयातको ग्राफ बढ्दो छ । आर्थिक गतिविधि चलायमान गराउन, आन्तरिक माग व्यवस्थापन गर्नका लागि पनि सन्तुलित मौद्रिक नीति आएको भनिएको छ । खराब कर्जालाई घटाएर कर्जाको केन्द्रीकरणलाई कम गर्ने, साना तथा मझौला उद्योगलाई कर्जा विस्तार गरी वित्तीय स्थायित्व कायम गर्ने लक्ष्य लिइएको छ । यसले अर्थतन्त्रलाई उकास्न अक्सिजनको काम गर्छ कि गर्दैन त्यो हेर्न बाँकी छ ।

नीति र व्यवहारमा तादम्यता खोजिरहेका छन् । मुद्रास्फीति उकालो लागेको बेला ब्याजदर घटाउन कठिन छ । कर्जा प्रवाह सही ठाउँमा सदुपयोग नहुँदा आर्थिक अनुशासन भङ्ग भएको छ । अर्थतन्त्रमा माग पक्ष फितलो छ । सस्तो पाएमा जति पैसा पनि लिने अनि विलासिताकावस्तुमा लगानी गर्ने, उत्पादनमा भन्दा दलालीमा विश्वास गर्ने अवस्थाको अन्त्य हुन आवश्यक छ । मुलुकका १२ हजारभन्दा बढी बैङ्कहरूले ठूला भनाउँदा घरानालाई मात्रै लगानी बढाउँदा प्रतिफल नआउन सक्छ । साना र मझौला व्यवसायीहरूलाई पनि बैङ्कले पत्याउनु पर्छ । उद्धेश्य र योजनामा लगानी गर्ने संस्कार बैङ्कले पनि थाल्नु पर्छ ।
कर्जाको ब्याजदर अत्यन्त चर्को भएकाले यसलाई एकल बिन्दुमा झान उद्योगी व्यवसायीले पटक पटक ध्यानाकर्षण पनि गरेका छन् । नीति त आयो तर बैङ्कको नियतका कारण उद्योगी व्यवसायी आस्वस्त हुन सकेका छैनन् । नीति र व्यवहारमा तादम्यता खोजिरहेका छन् । मुद्रास्फीति उकालो लागेको बेला ब्याजदर घटाउन कठिन छ । कर्जा प्रवाह सही ठाउँमा सदुपयोग नहुँदा आर्थिक अनुशासन भङ्ग भएको छ । अर्थतन्त्रमा माग पक्ष फितलो छ । सस्तो पाएमा जति पैसा पनि लिने अनि विलासिताकावस्तुमा लगानी गर्ने, उत्पादनमा भन्दा दलालीमा विश्वास गर्ने अवस्थाको अन्त्य हुन आवश्यक छ । मुलुकका १२ हजारभन्दा बढी बैङ्कहरूले ठूला भनाउँदा घरानालाई मात्रै लगानी बढाउँदा प्रतिफल नआउन सक्छ । साना र मझौला व्यवसायीहरूलाई पनि बैङ्कले पत्याउनु पर्छ । उद्धेश्य र योजनामा लगानी गर्ने संस्कार बैङ्कले पनि थाल्नु पर्छ ।
तरलताको सङ्कट छैन भन्ने हवला दिइरहँदा पनि ५ खर्ब रुपैयाँले लगानीको क्षेत्र पर्खिरहेको छ । बैङ्कको कार्यशैलीले उद्यमी व्यवसायी पैसा लिएर लगानी गर्न इच्छुक देखिएका छैनन् । आर्थिक मन्दी र आत्मविश्वास टुटेको निजी क्षेत्रलाई हात र साथ दिन नीतिले स्पष्ट खाका कोर्न आवश्यक छ । नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीति व्यवस्थित रूपमा लागू गरी ब्याजदर घटाउने, कर्जाको माग बढाउने, मूल्यवृद्धि नियन्त्रण गर्ने, वित्तीय अनुशासन कायम गर्न सक्नुपर्छ । नागरिकको जनजीवविकालाई नजरअन्दाज गरेमा जतिसुकै लचिलो र सन्तुलित नीति आए पनि प्रतिफल प्राप्त हुँदैन । अर्थतन्त्र लयमा फर्कियो भने मात्रै जनस्तरको विश्वास कायम हुन्छ ।
घरजग्गा, सेयर तथा सवारी कर्जामा भएको जोखिमलाई परिमार्जन गरिएको छ । कम्पनीमार्फत् हुने कारोबारले निजी क्षेत्रलाई थोरै भए पनि आशा जगाएको छ । वित्तीय अनुशासन कामय गर्न बैङ्किङ कसुरसम्बन्धी ऐन संशोधनको सवाल पनि मौद्रिक नीतिमा समेटिएको छ । तरलताको सङ्कट छैन भन्ने हवला दिइरहँदा पनि ५ खर्ब रुपैयाँले लगानीको क्षेत्र पर्खिरहेको छ । बैङ्कको कार्यशैलीले उद्यमी व्यवसायी पैसा लिएर लगानी गर्न इच्छुक देखिएका छैनन् । आर्थिक मन्दी र आत्मविश्वास टुटेको निजी क्षेत्रलाई हात र साथ दिन नीतिले स्पष्ट खाका कोर्न आवश्यक छ । नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीति व्यवस्थित रूपमा लागू गरी ब्याजदर घटाउने, कर्जाको माग बढाउने, मूल्यवृद्धि नियन्त्रण गर्ने, वित्तीय अनुशासन कायम गर्न सक्नुपर्छ । नागरिकको जनजीवविकालाई नजरअन्दाज गरेमा जतिसुकै लचिलो र सन्तुलित नीति आए पनि प्रतिफल प्राप्त हुँदैन । अर्थतन्त्र लयमा फर्कियो भने मात्रै जनस्तरको विश्वास कायम हुन्छ ।
विश्वको आर्थिक परिवेश र नेपालको आर्थिक परिस्थितिलाई मूल्याङ्कन गरेर आफूले ल्याएको नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न चुक्नु हुँदैन् । बजेटले तय गरेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि अर्थतन्त्र चलायमान र वित्तीय कारोबार गतिशील बनाउनुपर्छ । मौद्रिक नीति केवल सहयोगी औजार मात्रै हो । बजेटको सफल कार्यान्वय पहिलो शर्त हो । घाम लाग्दा छाता दिने र पानी पर्दा छाता माग्ने सनातन मनोविज्ञानबाट माथि उठ्नु पर्छ ।
सरकारले राजस्व असुली गर्न नसक्नु कमजोरी हो । अर्थतन्त्रले सही बाटो लिन नसक्दा गरिबी बढ्नु र सामाजिक समस्या उत्पन्न हुनु हो । सनातन मार्काको मौद्रिक नीति र अव्यवाहरिक बजेटमा तालमेल मिल्न सकेन भने नागरिकलाई सुखद अनुभूति नहुन सक्छ । उत्पादन बढाउनका लागि नीतिले पहल गरेन भने कबेल किनीखाने उपभोक्तावादी संस्कृतिको पिछलग्गु हुनुको विकल्प रहँदैन । विश्वको आर्थिक परिवेश र नेपालको आर्थिक परिस्थितिलाई मूल्याङ्कन गरेर आफूले ल्याएको नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न चुक्नु हुँदैन् । बजेटले तय गरेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि अर्थतन्त्र चलायमान र वित्तीय कारोबार गतिशील बनाउनुपर्छ । मौद्रिक नीति केवल सहयोगी औजार मात्रै हो । बजेटको सफल कार्यान्वय पहिलो शर्त हो । घाम लाग्दा छाता दिने र पानी पर्दा छाता माग्ने सनातन मनोविज्ञानबाट माथि उठ्नु पर्छ ।