सम्पादकीय /
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर मध्यरात मध्यावधि चुनावको घोषणा गर्दा मुलुक रनभुल्ल भएको छ । रातरात सिफारिस र सदरको खेलमा बालुवाटार र शितल निवास सक्रिय रह्यो । कात्र्तिक २६ र मङ्सिर ३ गते शुक्रबारका लागि तय गरिएको निर्वाचन नागरिकले चाहेका होइनन् । कोरोनाले थलिएको देश निर्वाचनको भारले किचिने भएको छ । चुनाव भइहाल्यो भने ओलीले विहारी र बङ्गाली मोडेल अप्नाउने छन भएन भने उनको अधिनायकवाद र सर्वसत्तावादको जाँतोमा जनता पिल्सिनुको विकल्प छैन् । प्रतिगननको दोस्रो अध्याय सुरु हुँदा कोरोनाको महामारी र वर्षा याम सुरुभएकाले छ । विरोधका लागि सडकमा उत्रने सङ्केत समेत छैन् ।
विश्वासको मत पाउने आधार गुमाएका प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनका लागि राष्ट्रपति समक्ष सिफारि गरे । राष्ट्रपतिले आवश्यक बहुमत सहित आउन २१ घन्टे समय सीमा दिएर उर्दी दिइन । प्रमुख प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीले बहुमतको दावी पेश गरे पनि राष्ट्रपतिले मध्यरातमा अर्को नाटक मञ्चन गरिन् । जो मुलुक र नागरिकका लागि घातक बन्नेछ । सर्वोच्चको निर्णयबाट पुनस्र्थापित संसद ९० दिन पनि टिक्न पाएन । कोरोना महामारीले मुलुक शिथिल छ । नागरिक सासको आसमा तड्पिरहेका छ । जनताले भ्याक्सिनको अभावमा ज्यान गुमाइरहेका छन् तर सरकार मध्यरातमा मध्यावधि निर्वाचनको घोषणा गरेर नागरिकलाई थप निराश बनाइ रहेको छ । कोरोनासँग सामूहिक रूपमा लड्नु पर्ने बेला चुनाव लड्न हतारिनु मुलुकलाई अन्धकारतिर धकेल्नु हो । ४० अर्व बजेजको चुनावले जित्नेलाई सत्ता र भत्ताको फाइदा त होला तर देश सधैंसधैं हार्ने छ ।

चुनाव हार्नेहरू पत्तासाफ पनि भएका छन् जितेकाहरूले पनि जनचाहना अनुरूप शासन व्यवस्था सञ्चालन गर्न असफल हुँदा खलनायक भएका दृष्टान्तहरू छन् यद्यपि सर्वसत्तावादका मतियारले इतिहासबाट कहिल्यै पाठ सिक्न सकेनन् । सर्वोच्चका हरेक निर्णयले हारिसकेका शासकहरू फेरि चुनावको वहान बनाएर सत्तामा रहिरहने षड्यन्त्र बनाइरहेका छन् । कुर्सीका लागि नैतिकता र इमान्दारिता साटेर सत्तामा जुको टाँसिए सरह रहिरहन खोज्नु जनतामाथि ठूलो घात हो ।
चुनाव नभएको होइन जित्नेले जितेकै थिए । दुई तिहाईको बलियो जनमत पनि प्राप्त भएको थियो तर पटकपटक षड्यन्त्र र जालझेल गरेर प्रतिनिधिसभालाई भङ्ग गर्ने प्रयत्न गर्नु मुलुकलाई थप वर्वादीको भारी बोकाउनु हो । महासङ्कटको बेला सर्वोच्चले विउँत्याइदिएको प्रतिनिधिसभा विघटन गरेर ताजा जनमतको हवाला दिँदै शितल निवासले संविधानको बलात्कार गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको के.पी. शर्मा ओलीको गोजीको कलम हुनु अर्को दूर्भाग्य हो । ओलीको उक्साहट र जालझेलमा मध्यरातमा मध्यावधि निर्वाचनको घोषणा आम नागरिकका लागि प्रिय र सुखद खबर बन्न सकेन । ओलीको सर्वासत्तावादी मानसिकलाईलाई राष्ट्रपति भण्डारीले सदर गर्नु गम्भीर विड्म्बना हो।
नेपालको शासकीय इतिहासमा धेरैपटक मुलुकले निर्वाचनको भार बोकेको छ । जनताले भारी मत खसालेका छन् । चुनाव हार्नेहरू पत्तासाफ पनि भएका छन् जितेकाहरूले पनि जनचाहना अनुरूप शासन व्यवस्था सञ्चालन गर्न असफल हुँदा खलनायक भएका दृष्टान्तहरू छन् यद्यपि सर्वसत्तावादका मतियारले इतिहासबाट कहिल्यै पाठ सिक्न सकेनन् । सर्वोच्चका हरेक निर्णयले हारिसकेका शासकहरू फेरि चुनावको वहान बनाएर सत्तामा रहिरहने षड्यन्त्र बनाइरहेका छन् । कुर्सीका लागि नैतिकता र इमान्दारिता साटेर सत्तामा जुको टाँसिए सरह रहिरहन खोज्नु जनतामाथि ठूलो घात हो । ओलीको हरेक कदम र हर्कतलाई सदर गर्नु राष्ट्रपति भण्डारीको अर्को मोलाहिज्जा हो । मुलुक विधिको शासनमा चलेको छैन्, जसलाई जे गर्न मन लागे पनि छुट छ, लगाम लगाउने राष्ट्रपतिले लगाम चुँडालेपछि घोडाको आतङकले मुलुक वर्वादीको भड्खालो उन्मुख भएको छ । देशले ओलीको अत्याचारबाट मुक्ति चाहँदा प्रतिपक्ष दल मुकदर्शक बन्नु अर्को लज्जाको विषय बनेको छ ।
राष्ट्रपतिले २१ घण्टाको अल्टिमेटम दिएर उर्दी जारी गरिन् । सरकार निर्माणका लागि गृहकार्य गर्ने समय सकिन साथ प्रधानमन्त्रीका लागि गरिएको दावी नपुगको भन्दै मध्यरातमा मध्यावधि चुनावको घोषणा गरिन । जसले गर्दा उनको पदीय मर्यादामा गम्भीर प्रश्नवाचक चिह्न लागको छ । आफ्नो गरिमाको सामान्य ख्याल गर्न समेत उनलाई समय पुगेन । संविधानलाई उनले पेटीकोट लगाइदिइन । गणतन्त्र र लोकतन्त्रको धज्जी उडाइदिइन ।
प्रधानमन्त्री ओलीको ‘रबर स्ट्याम्प’ र जालझेलको ‘गोटी’ बन्दा राष्ट्रपति राष्ट्रका लागि भार बनेकी छन् । उनी देशको राष्ट्रपतिको हैषियतमा टिक्न सकिनन् । सामान्य नागरिकले पनि सम्मान र आदर गर्ने ठाउँ राखेकी छैनन् । भण्डारीका लागि राष्ट्रपति पद अजम्बरी होइन तर आफ्नो मर्यादाको दूरुपयोग गर्दा इतिहासले उनलाई कालो सूचीमा दर्ज गर्नेछ । राष्ट्रपतिले २१ घण्टाको अल्टिमेटम दिएर उर्दी जारी गरिन् । सरकार निर्माणका लागि गृहकार्य गर्ने समय सकिन साथ प्रधानमन्त्रीका लागि गरिएको दावी नपुगको भन्दै मध्यरातमा मध्यावधि चुनावको घोषणा गरिन । जसले गर्दा उनको पदीय मर्यादामा गम्भीर प्रश्नवाचक चिह्न लागको छ ।
आफ्नो गरिमाको सामान्य ख्याल गर्न समेत उनलाई समय पुगेन । संविधानलाई उनले पेटीकोट लगाइदिइन । गणतन्त्र र लोकतन्त्रको धज्जी उडाइदिइन । संसद विघटन उनका लागि मजाक भएको छ । जसको जगबाट उनी राष्ट्रपति भइन उही संस्थाको गरिमा र मर्यादामा घात गरेकी छन् । उज्यालो समय खेरा फालेर अँध्यारो समयमा गरिएको निर्णय षड्यन्त्रको उपज हो । नेपालको शासकीय इतिहासमा तानाशाहहरूले ‘कू’ गर्नका लागि शुक्रबारको अँध्यारो मध्यरातलाई रोज्नु विड्म्बना भएको छ । यसरी कू गर्ने शासक र मतियार न त अजम्बरी बनेका छन् न त जनताका मनमा रहेका छन् । इतिहासले धुलो चटाएर दरी मुनी दबाएर राखेका उदाहरण छन् ।
ओली प्रवृत्तिले मुलुकलाई झन् महासङ्कटतर्फ धकेलेको छ । कोरोनाको कहाली लाग्दो अवस्थामा पनि उनको दम्भ र घमण्डको घोडा कुदिरहेको छ । स्थापित प्रणाली भत्काउनु नै उनको महानता भएको छ । तजविजी शैली र हुकुम प्रामाङ्गीको भरमा शासन चलाउनु अधिनायकवादी प्रवृति हो यसको अन्त्य नागरिक चाहिरहेका थिए तर ओलीले सिर्जना गरेको तमासा हेरेर नागरिक बस्नुको विकल्प रहेन । रोग र भोकले जनता आतङ्कित भएको याम मध्यावधि निर्वाचनको घोषणा हुनु बलेको आगोमा घीऊ थप्ने काम मात्रै बनेको छ । यो देशमा संविधान छ, संसद छ भन्ने कुराको झिनो आशा पनि सकिएको छ । मिलिभगतमा गरिएका काम आपराधिक हुन्, इतिहासले यस्तो घृणित कामका लागि क्षमा दिन पनि सक्दैन् । कोरोनालाई जित्न नागरिकले भ्याक्सिन चाहेका थिए तर सरकारले मध्यावधि निर्वाचनको उपहार दिएर निराश बनाएको छ । जनतालाई खिल्ली उडाउने पात्र र प्रवृतिलाई समयले कारवाही गर्ने निश्चित छ ।