सुचना, समाचार र मनोरन्जन

अस्पतालमा अक्सिजनको अभाव पूर्ति गर

सम्पादकीय /

 मुलुकभरका अस्पतालमा अक्सिजनको चरम अभाव देखिएको छ । कोरोना सङ्क्रमितले प्राणवायु नपाएर मृत्युवरण गरिरहेका छन् । सङ्क्रमित र ज्यान जानेको ग्राफ दिनहुँ उकालो लागिरहेको छ । कोरोनाका विरामीलाई अक्सिजन अपरिहार्य हो, श्वासप्रश्वासको समस्या हुँदा सघन उपचारमा अक्सिजन खट्किन्छ । यसको अभावमा विरामी छटपटिरहेका छन् । अक्सिजनको अभावमा उपचार सफल नहुँदा विरामीको ज्यान गएको छ तर सरकारको ध्यान यसमा गएको छैन् । अस्पतालमा बेड नपाइनु, अक्सिजन दिने उपकरण र सिडिन्डरको अभाव हुँदा महामारी ठूलो सास्ती बनेको छ ।

भेन्टिलेटरमा कोरोनासँग लडिरहेका विरामीलाई कृत्रिम श्वासप्रश्वासका लागि अक्सिजनको खाँचो छ । अन्य बिरामीलाई सास फेर्न अप्ठ्यारो हुनसाथ अक्सिजन आवश्यक हुने भएकाले पालो पर्खेर बस्नु पर्ने अवस्था सिर्जना भएको छ । भारतमा अक्सिजनको अभाव हुँदा नेपालले पनि यसको दवाव झेल्नु परेको छ । अक्सिजनको कच्चा पदार्थ हावा र पानी नै हो । जो बाहिरबाट ल्याउन पर्दैन चाहिन्छ त केबल सप्लाइ गर्ने सिलिन्डर । मुलुकभर १६ वटा भन्दा बढी उद्योगहरूले अक्सिजन उत्पादन गरेका छन्, ९० प्रतिशतको हाराहारीमा अक्सिजन उत्पादन भए पनि कृत्रिम अभाव र कालो बजारीका कारण विचौलियाहरूले फाइदा उठाइरहेका छन् ।

अस्पतालमा अक्सिजन अभाव भएको वखत महँगोमा व्यपारीहरू विक्री गर्दै छन् । सरकार अनुगमनमा चुकिरहेको छ । महामारीमा विचौलिया र व्यापारी नै सिकिस्त भए कसले उपचार र अक्सिजनको व्यवस्थापन गर्छ ? कालोबजारी नियन्त्रण र अनुगमनमा सरकारी नीत कडाइका साथ अवलम्बन गर्नुपर्छ ।

अस्पतालमा अक्सिजन अभाव भएको वखत महँगोमा व्यपारीहरू विक्री गर्दै छन् । सरकार अनुगमनमा चुकिरहेको छ । महामारीमा विचौलिया र व्यापारी नै सिकिस्त भए कसले उपचार र अक्सिजनको व्यवस्थापन गर्छ ? कालोबजारी नियन्त्रण र अनुगमनमा सरकारी नीत कडाइका साथ अवलम्बन गर्नुपर्छ । कोभिडको दोस्रो लहरसँगै सङ्क्रमितहरू अस्पतालमा अक्सिजन अभावमा छटपटिँदा सरकार विश्वासको मतका लागि छटपटिएको छ । विरामीहरू अक्सिजन चाहिरहेका बेला अध्यादेशको कसरत हुँदैछ । विश्वासको मत नपाए निर्वाचनमा जाने मुड बनाएको सरकार नागरिकलाई अक्सिजनको व्यवस्था गर्न आनकान गरिरहेको छ । कोरोनाको उपचार छैन् तर रोकथामको कदम पनि प्रभावकारी नहुँदा जनता निराश हुनुपर्ने अवस्था सिर्जना भएको छ । चिकित्सकले अस्पतालमा अक्सिजन सकिएको जानकारी दिनुपर्ने अवस्था सिर्जना हुनु तयारीको कमी हो भन्ने स्पष्ट हुन्छ ।

कोरोनाकालीन समयको स्वास्थ्य सामाग्री खरिदमा भएका घोटाला क्षम्य छैनन् । कमिसनखोरहरूलाई महामारी धन आर्जन गर्ने याम बनेको छ । गतवर्ष प्रधानमन्त्री ओलीले ओम्नीलाई अँगालो हाल्नु र यसवर्ष खोपका लागि स्वास्थ्यमन्त्रीले हुकुम डिस्ट्रिव्यसन एन्ड लजिस्टिक प्रालिलाई आडभरोसा दिनु नैतिक पतनको संकेत हो भने नागरिकको ज्यानमाथिको खेलवाड हो ।

कोरोनाकालीन समयको स्वास्थ्य सामाग्री खरिदमा भएका घोटाला क्षम्य छैनन् । कमिसनखोरहरूलाई महामारी धन आर्जन गर्ने याम बनेको छ । गतवर्ष प्रधानमन्त्री ओलीले ओम्नीलाई अँगालो हाल्नु र यसवर्ष खोपका लागि स्वास्थ्यमन्त्रीले हुकुम डिस्ट्रिव्यसन एन्ड लजिस्टिक प्रालिलाई आडभरोसा दिनु नैतिक पतनको संकेत हो भने नागरिकको ज्यानमाथिको खेलवाड हो । सिलिन्डर खरिदका लागि टेन्डर गर्दा कसैको दरखास्त नपुर्न अभाव छ भन्ने पुष्टि हुन्छ । उत्पादक कम्पनीहरूले पनि सरकारलाई पत्याएका छैनन् । उपत्यकामा प्रहरी प्रशासनले छापा मार्दा ६ हजार ७ सय ८४ थान सिलिन्डर नियन्त्रणमा लिएर अस्पताललाई दिएको छ । अहिले ११ हजार सिलिन्डरको माग छ ।

अक्सिजन उत्पादकले दैनिक १७ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ । कालोबजारीका कारण कृत्रिम अभाव भएको तथ्य बाहिर आएको छ । उपत्यकामा प्रहरी प्रशासनले छापा मार्दा ६ हजार ७ सय ८४ थान सिलिन्डर नियन्त्रणमा लिएर अस्पताललाई दिएको छ । संकटको बेलामा कालोबजारी गर्ने व्यापारीलाई सरकारले अविलम्ब कारवाही गर्नुपर्छ । विरामीले अस्पताल भरिभराउ हुँदा न त बेड छ न त अक्सिजन यस्तो संकटमा सरकारले नागरिकलाई सम्बोधन गर्न चुकेको छ । चिकित्सकहरू भन्छन्, ‘शतप्रतिशत सङ्क्रमितलाई अक्सिजनको आवश्यकता छ ।’

अक्सिजनको चरम अभाव देखिएपछि मात्रै सरकारले छिमेकी मुलुक र दातृ निकायसँग अनुरोध गरेको छ । चीनसँग २० हजार अक्सिजन सिलिन्डर ल्याउन गुहार मागेको छ । अक्सिजनको अभावमा नागरिकले ज्यान गुमाउँनुको पीडाले अन्य सङ्क्रमितलाई पनि अत्यासलाग्दो बनाएको छ । आफन्तहरू अक्सिजनको खोजीमा दौडधुप गरेका छन् तर पाएका छैनन् । आपूर्ति तत्काल सहज भएन भने परिस्थिति अझ भयाभय हुने देखिएको छ । सरकारी चेतना निर्वाचनमा भन्दा अक्सिजन र भ्याक्सिनमा जान आवश्यक छ । जनता जोगाए मात्रै भोट पाइन्छ र सत्ता चल्छ भन्ने सत्यलाई आत्मसात गर्न ढिलो गर्नु हुँदैन् ।

कमेन्ट्स
Loading...