सुचना, समाचार र मनोरन्जन

सञ्जय दत्तको ‘तुलसीदास जुनियर’ को ट्रेलरमा यस्तो लुक्स

एजेन्सी । ४ मार्चममा रिलिज हुने फिल्म ‘तुलसीदास जुनियर’ को ट्रेलर सार्वजनिक भएको छ । १३ वर्षका एक केटाको कथामा निर्माण भएको फिल्ममा स्नुकर खेलमा आफ्नो बुबाको हारको बदला लिन्छन् ।

स्वर्गीय अभिनेता राजीव कपुर, अभिनेता सञ्जय दत्त र बाल कलाकार बरुण बुद्धदेव अभिनित फिल्मलाई भुषणकुमार र आशुतोष गोवारिकरले मिलेर निर्माण गरेका हुन् । फिल्म २०२२ को प्रतीक्षित फिल्म मानिएको यस फिल्ममा गुलशन कुमार र टी सीरीजको प्रस्तुति रहेको छ । मृदुलको लेखन तथा निर्देशन रहेको यस फिल्मलाई भुषणकुमार, कृष्णकुमार, आशुतोष गोवारिकर र सुनिता गोवारिकरले लगानी गरेका छन् ।ट्रेलर २ मिनेट २२ सेकन्डको रहेको छ ।

कमेन्ट्स
Loading...