काठमाडौं :
नेपाली लोकदोहोरीमा नयाँ स्वादमा ‘सुन साईली’ आज सार्वजनिक भएको छ । सपना सुनाम र कृष्ण रेउलेको सुमधुर स्वरमा सजिएको गीत गायक कृष्ण रेउलेकै अफिसिल युट्युव च्यानल मार्फत रिलिज गरिएको हो ।
लोकदोहोरीमा टिपीकल तथा कमेडी पाराको यस गीतमा शब्द तथा लय कृष्ण रेउले नै गरेका छन्। राष्ट्रिय लोक तथा दोहोरी गी प्रतिष्ठान ओखलढुङ्गाकी पूर्व अध्यक्ष समेत रहेकी सुनामले यस गीतमा विभिन्न राष्ट्रिय अन्य कलाकारहरुले कमेडीलाई समेत जोडेको बताईन् ।
उनका अनुसार पछिल्लो समयमा दर्शकमाझ आएका गीतहरु भन्दा यो दोहोरी गीतले लोक पारखीहरुलाई नयाँ स्वाद दिनेछ ।
गीतको भिडियोमा सविना राई,हेमराज अधिकारी र गायक रेउले आफैले अभिनय गरेका छन्। त्यस्तै भिडियोलाई राम केसीले खिचेका हुन् भने सम्पादन दीपक बिष्टको छ। भडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन्।
