पोखरा । ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)ले तयार पारेको प्रभावशाली सय महिलाको सूचीमा बेवारिसे शव व्यवस्थापन गर्ने सपना रोका मगर परेकी छन् ।
पृथ्वी, ज्ञान, खेल, रचनात्मक, नेतृत्व र परिचय गरी ६ प्रकारमा विभाजन गरी तयार पारिएको सूचीमा म्याग्दीकी सपना रोका मगर पनि परेकी हुन् ।
काठमाडौंका विभिन्न स्थानमा भेटिएका बेवारिसे शवलाई उनले कानूनी प्रक्रिया पुर्याएर दागबत्ती दिँदै पशुपति आर्यघाटमा दाहसंस्कार गर्छिन् ।
