सुचना, समाचार र मनोरन्जन

सारा र प्रितमको ‘गुञ्जन’मा माया प्रेमको धमका (ट्रेलर सहित)

काठमाडौं :

अष्टमहर्जनको पहिलो निर्देशित फिल्म ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ । यहि पुस २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको ट्रेलर रिलिज भएको हो । सार्वजनिक ट्रेलरमा प्रेम, बिछोड र बदलाको कथालाई प्रस्तुत गरिएको छ ।

ट्रेलरमा फिल्मका तीन मुख्य कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी र कबिर खड्कालाई प्रस्तुत भएको देख्न सकिन्छ । एक मिनेट ४५ सेकेन्डको ट्रेलरमा फिल्मको प्रेमकथामा निर्मित फिल्म हो भनेर सहजै अनुमान गर्न सकिन्छ ।

यस फिल्ममा सारा र प्रितम, करिबको अलवा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

अष्ट नेपाली चलचित्रमा विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशनको काम गर्दै आएका छन् । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

कमेन्ट्स
Loading...