सुचना, समाचार र मनोरन्जन

पहिलो पटक कांग्रेस कास्की सभापतिमा महिला उम्मेद्वार

कास्की । नेपाली कांग्रेस कास्कीको सभापतिमा पहिलो पटक महिला उम्मेद्वारी घोषणा भएको छ । महाधिवेसन प्रतिनिधिमा निर्वाचित भएको पर्सीपल्ट नेतृ सरस्वती गुरुङले सभापतिमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

यो भन्दा अघि कोही पनि महिला सभापति बनेका थिएनन् । नेतृ गुरुङले उम्मेदवारी दिएपछि कास्कीमा उनै पहिलो महिला उम्मेदवारी महिला बनेकी छन् । ‘महाधिवेसन प्रतिनिधि बनेपछि राजनीतिको माथिल्लो उम्मेदवारीको गेट पनि स्वतः खुला हुन्छ । म धेरै सल्लाह र छलफलपछि कास्की जिल्लाको सभापति पदमा उम्मेदवारी दिने निर्णयमा पुगेकी छु,’उनले भनेकी छन् ।

कांग्रेसको नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानकी केन्द्रीय सदस्य समेत रहेकी गुरुङ २०७४ सालमा कांग्रेसको तर्फबाट पोखरा महानगरको उपमेयरमा पराजित भएकी थिईन् । हाल कास्की क्षेत्र नम्बर १ बाट आदिवासी जनजाति महिला तर्फको महाधिवेसन प्रतिनिधिमा विजयी भएकी हुन् । गुरुङ कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा निकट मानिन्छिन् ।

कमेन्ट्स
Loading...