काठमाडौं :
अमेरिका लामो समयदेखि बसोबास गर्दै आएका गायक सुदन गैरेले आफ्नो बिल्कुलै नयाँ कोसेली स्रोता तथा दर्शकमाझ आएका छन् । उनीद्धारा स्वरवद्ध गरिएको ‘चाहिदैन भो पैसाको थुप्रो नी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।
पैसा कमाउनकै लागि विदेशिनु पर्दैन । विदेश जाने खर्चले नेपालमै केहि गर्न सकिन्छ भन्ने भाव व्यक्त गरेको यस गीतमा शब्द गणेश शाहीले लेखेका छन् । शाहीको शब्द रचनालाई संगीत स्वयम गायक गैरेले नै भरेका छन् । पुष्कर सुनुवारले संगीत संयोजन रहेको गीतको भिडियोमा दुई युवा दम्पतिको जीवन संघर्षलाई प्रस्तुत गरिएको छ।
बिना राउत र सरोज प्रजा फिचर्ड भिडियोमा फराज अर्पणले छायाँकन र सम्पादन गरेको छन् । गणेश शाहीकै निर्देशनमा तयार पारिएको यो भिडियोलाई ‘राइट ट्युन इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत हेर्न सकिन्छ ।
