काठमाडौ । एक समय अभिनेता सरोज खनालको भाउ यति बढेको थियो कि उनको फिल्ममा काम गर्ने हरेकले हेपाई सहनु पथ्र्यो । किनभने उनको फिल्ममा काम गर्दा केहि कुरा अपुग भयो भने उनले जति कुनै निर्देशक था प्रोड्युसरले गाली कसैले खानु पर्दैन थियो ।
अमेरिका बसोबास गर्दै आएका सरोज खनाल केहि वर्ष नेपाल आउजाउ गरिरहेका छन् । उनलाई दर्शकले अभिनयमा पत्याउन थालेपछि आफै निर्देशनमा होमिएका छन् । केहि सर्ट फिल्म तथा म्युजिक भिडियो निर्देशन गरेका सरोज अहिले फिचर फिल्म निर्देशन गरिरहेका छन् ।
उनी अहिले धमाधम ‘बगान’ बाट फिचर फिल्म निर्देशन गरिरहेका छन् । सरोजले सुरेश वाग्लेसँगको सहकार्य आफैंले निर्माण गरेका हुन् । उक्त फिल्ममा उनले करिश्मा मानन्धर, नीर शाह र प्रमिला कार्कीलाई मुख्य भूमिकामा अभिनय गराइरहेका छन् भने सरोज स्वयं अतिथी भूमिकामा प्रस्तुत भएका छन् ।
सामाजिक विषयवस्तुमा आधारित फिल्मलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत सहभागी गराउने हिसावले फिल्म निर्माण भइरहेको छ । यस फिल्मलाई गौरीशंकर धुजूले खिचिरहेका छन् भने फिल्ममा हरि लम्साल र सुवास भुसालको संगीत र शिव मुखियाको पार्श्व संगीत राखिने छ । त्यस्तै फिल्मका गीतमा भने सुगम पोखरेल, अस्मिता अधिकारी र वाणिका प्रधानले स्वर भरेका छन् । निर्माण पक्षका अनुसार फिल्म आगामी बैशाखमै रिलिज गर्ने तयारी रहेको छ ।
