सुचना, समाचार र मनोरन्जन

साताको सात तस्वीर

  •  
  •  
  •  
  •  

प्रेम थापा
पोखरा /

साताको सात तस्वीर मार्फत हामीले समाजमा भएका घटना परिघटनालाई दर्शाउन खोजेका हौं । पछिल्लो अवस्था र यसले पुर्याएको असरलाई तस्वीरमा उल्लेख गरिएको छ । साथै यो समयको सदुपयोग गरी कसरी अवसरमा परिणत गर्न सकिन्छ भन्ने विषयलाई समेत प्रस्तुत गरिएको छ । सातको सात तस्वीरमा हामीले हरेक विषयलाई तस्वीरका माध्यम उठान गर्ने प्रयत्न गर्छौं ।

प्रस्तुत छ यस साताका सात तस्वीर :

कोरोना महामारीका कारण अहिले सिलिण्डर अभाव छ । विरामीले अक्सिजन पाएका छैनन् । जस कारण मृत्युवरण हुनुपर्ने स्थिति छ । यस्तो बेलामा विरामी बचाउन आफन्त सिलिण्डर खरिद गर्न बजारमा दौडिरहेका छन् ।

आफन्त बचाउन सिलिण्डर बोकेर गन्तव्यको तयारी

 

कोरोनाको दोस्रो लहरले अहिले बजार ठप्प छ । महामारी अघि बजारमा मागेर पेट पाल्नेहरुको अवस्था पनि नाजुक छ । आखिर बाच्नु त छँदैछ । बाच्नकै लागि भए पनि महामारी नभनि केही मानिस कसैले सहयोग गर्ला र पेट भरौंला भन्ने आशमा चोकमा बसिरहेका छन् ।

पेट पाल्न माग्न बस्दै

 

कोभिड १९ रोकथामका लागि कास्की हाल लकडाउनमा छ । पोखराको सुन्दरता बोकेको फेवाताल अहिले शान्त देखिन्छ । कोलाहल रहितको फेवातालमा बसेर पर्यटक अहिले प्रकृतिसँगै रमाइरहेका छन् ।

प्रकृतिसँग रमाउँदै पर्यटक

 

जीउनका लागि आहारको आवश्यक पर्छ । आहारका लागि काम । काम नै गुमे न्युन आयस्थर भएका परिवार कसरी बाच्ने ? त्यसैले महामारी नभनि दैनिक गुजाराका लागि खटिनुपर्ने अवस्था छ ।

निर्माण कार्यमा खटिएका मजदुर

 

कोरोनाका कारण हाल निम्तिएको समस्यालाई अवसरमा समेत ढाल्न सकिन्छ । सुरक्षित हुँदै सडकको स्तरउन्नतिमा खटिए विकास हाम्रै पालामा सम्भव छ ।

सडकमा काम गरेका मजदुर

 

सुचना अहिले सबैका लागि महत्वपूर्ण छ । पत्रपत्रिका बेचेर दुई चार पैसा आम्दानी गरी पेट पाल्नेहरुको जमात पनि नेपालमा बाक्लै देखिन्छ । पोखरामा पनि यसको कमी छैन । कोही एक ठाउँमा बसेर पत्रिका बेच्ने गर्छन् भने कोहि डुल्दै, फरक यत्ति हो ।

पत्रिका किन्ने ग्राहकको पर्खाइमा बुढी आमा

 

महामारीले परिवारका सदस्यहरुसँग समय बिताउन अवसर प्रदान गरेको छ । लकडाउनका बेला घरमै बस्दा पनि थुप्रै काममा सहयोग गर्न सकिन्छ ।

फेवातालको किनारमा लुगा धुँदै

 

तस्बिर : प्रेम थापा/परिचय डटकम

कमेन्ट्स
Loading...