सुचना, समाचार र मनोरन्जन

साताको सात तस्वीर

  •  
  •  
  •  
  •  

प्रेम थापा
पोखरा / 

कोरोना कालिन समयमा यतिबेला हामी छौं । प्राय सबै क्षेत्र ठप्प छ । दैनिक बिहान दिउँसो काम गरी बेलुका छाक टार्नेहरुको रोजीरोटी गुमेको छ । लकडाउनमा कोठाभित्र नै बन्द हुँदा उकुसमुकुस भइरहेको छ । तर पनि यस्तो बेला कतिले त यसलाई अवसरको रुपमा समेत लिएका छन् । परिवारलाई समय दिने मौका पाएका छन् । घरका काममा व्यस्त हुँदा बन्दाबन्दी भुलेको जस्तो महशुस हुन्छ । यि र यस्तै विषयमा रहेर साताको सात तस्वीर मार्फत हामीले समाजलाई बुझाउने प्रयास गरेका छौं ।

प्रस्तुत छ, साताको सात तस्वीर :

पहिले पहिले गाउँघरमा गुन्द्री बुन्नेहरुको लर्को हुन्थ्यो । समय परिवर्तन सँगै विस्तारै हराउँदै गएको हाम्रो प्रचलन आज पनि केही सिमित व्यक्तिका कारण जिवितै भएको आभाष हुन्छ । यस्तो कलालाई हामीले उद्योगमा परिणत गरी आम्दानीको बाटो अप्नाउन सके संस्कारको संरक्षणसँगै उद्यमी बन्न पनि मदत पुग्थ्यो कि ?

गुन्द्री बुन्दै एक महिला

 

एकातर्फ महामारी अर्को तर्फ खेतबारी । किसानका लागि काम गर्न लकडाउनले प्रभाव पार्दैन । सुरक्षित हुँदै काम गरिएको खण्डमा स्वास्थ्य पनि जोगिन्छ र उब्जनीमा पनि मदत पुग्छ । त्यसैले सामाजिक सुरक्षाका मापदण्डलाई अप्नाई आफ्ना कामकारबाहीहरुलाई सुचारु राख्नुपर्ने आवश्यकता छ ।

हातमा कोदालो मुखमा मास्क लगाएर हिँडिरहेका किसान

 

शहरलाई अन्धकारबाट जोगाउन दिनरात नभनि खटिइरहेको छु । तारैतारले जेलिएको शहरलाई कुरुप हुनबाट जोगाउन व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । अप्ठेरो र चुनौतीसँग सामना गर्दै काम गर्नुको मज्जा पनि बेग्लै छ । सुरक्षित हुँदै उज्यालो शहरको खोजीमा दौडिरहेको एक यात्री हुँ म ।

बिजुलीको पोलमा चढेर मर्मतसम्भार गर्दै एक युवक

 

कोरोना अघि कोलाहल शहर आज शान्त छ । धुलोधुँवा रहितको शहरमा प्रकृति पनि मुस्कुराईरहेको आभाष हुन्छ । शान्त, निर्मल अनि निश्चल वातावरण साच्चै मनमोहक छ ।

शान्त पोखरा

 

हाम्रो शहरलाई राम्रो शहर बनाउन हामी आफै नै सजक हुनुपर्ने बेला हो यो । प्रत्येक दिन हरेकले आफ्नै घर आगन सफा गर्ने बानी बसाल्यौं र फोहोर जथाभावी रुपमा नफाली व्यवस्थापन गर्ने बानीको विकास गरिएको खण्डमा शहर सफा आफैं हुन्छ ।

सडकको पेटी सफा गर्दै एक महिला

 

अहिलेको समय भनेको एकले अर्कोलाई सहयोग गर्ने समय पनि हो । दिनरात नभनि नागरिकको स्वास्थ्य सुरक्षामा खटिएका ट्र«ाफिक प्रहरीका कुराहरुलाई अवलम्बन गरौं । उनीहरुलाई पनि कुनै रहर छैन । आफ्नो स्वास्थ्य सुरक्षालाई आहुतीमा राखेर सडकमा यसरी बस्न । त्यसैले मास्क लगाऔं, सचेत नागरिकको जिम्मेबारी पूरा गरौं ।

लकडाउनमा अनावश्यक रुपमा हिँड्नेलाई सम्झाउँदै ट्राफिक प्रहरी

 

समय अवश्य फर्किनेछ । आज तालको सुन्दरतामा एकैछिन डुबुल्की मारौं न त । वरिपरि हरियो वातावरण बिचमा फेवाताल । यस्तो मनै लोभ्याउने दृश्य अन्त कता पो पाइन्छ र । त्यसैले तालसँगै प्रकृतिको संरक्षणका लागि हामी सबै एक हौं ।

शान्त, निर्मल र निश्चल फेवाताल

 

तस्वीर : प्रेम थापा/ परिचय डटकम

कमेन्ट्स
Loading...