सुचना, समाचार र मनोरन्जन

साताको सात तस्वीर

  •  
  •  
  •  
  •  

प्रेम थापा
पोखरा / 

साताको सात तस्वीर मार्फत हामीले पछिल्लो समय भएका घट्ना परिघट्नाहरुलाई प्रस्तुत गर्ने प्रयास गरेका छौं ।

कोरोना महामारीका कारण जारी निषेधाज्ञामा हजाम कहाँ जानै पाइएन । दारी कपाल बढेर हैरान भइसक्यो । अब आफैले केही जुक्ती लाउन परिहाल्यो ।

 पोखरा लेकसाइडमा दारी बनाउँदै एक वृद्ध

 

विन्ध्यवासिनी मन्दिर यतिबेला सुनसान छ । दर्शालु भक्तजनहरुको भीड लाग्ने ठाउँ कोरोना महामारीका कारण लामोसमयदेखि ठप्प छ । हाल वैवाहिक कार्यबाहेक अरु गरिएको छैन ।

विन्ध्यवासिनीको प्रमुख मन्दिरमा उभिएका पण्डित

 

खाना नपाउँदाको दुख एकातर्फ छ भने पाउँदाको खुशी अर्को तर्फ छ । आफ्नाले छाडेर गए त के भो ? पराई आफ्ना बनेर त आका छन् ।

खाना पाएपछि खुशी हुँदै गरेका एक वृद्ध

 

फुटपात व्यवसायीहरुका पीडा पहिले देखिनै थिए । कोरोना कारण अहिले झन् थपिएको छ । के गर्ने मुखमा माड लगाउन र बालबच्चा पढाउन केही इलम गर्नै पर्यो । महानगरको उचित निर्णय नहुँदा अझै पनि फुटपात व्यसायीहरुले चैनको सास फेर्न पाइरहेका छैनन् ।

पोखराको चिप्लेढुंगाको फुटपातमा तरकारी व्यवसाय गर्दै एक महिला

 

आफ्ना लागि त जो पनि खुशी हुन्छ । तर अरुका लागि रमाउनेहरुको पनि यहाँ कमी छैन । पोखरा र पोखरा आसपासका क्षेत्रमाहरुमा अपाङ्ग अशक्तलागि सहयोगको अपिल गर्दै हिड्ने एक युवकले सांगीतिक प्रस्तुती मार्फत रकम संकलन गर्छन ।

पोखरामा अपाङ्ग व्यत्तिहरुको सहयोगका लागि सहयोग संकलन गर्दै

 

पछिल्लो समय नेपालमा कोरोना खोप लगाउन थालिएको छ । तर सबै नागरिकको पहुँचमा खोप पुग्न पाएको छैन । सबैले खोप लगाउन पाए मात्र नेपाल सुरक्षित हुने देखिन्छ । जसका लागि सरकारले प्रयास समेत नगरेको होइन । आशा गरौं छिट्टै नै कोरोना विरुद्धको खोप सबै नेपालीले प्राप्त गर्नेछन् ।

नेपाल पत्रकार महासंघ कास्कीका पत्रकारहरुलाई खोप लगाउँदै एक स्वास्थ्यकर्मी महिला

 

हामी सांस्कृति रुपमा समेत धनि देश हौं । हाम्रा सम्पदाहरुमा पाइने चिजबिचबाट नै विभिन्न वस्तुहरुको निर्माण गरिएको हुन्छ । स्थानीय स्तरमा उत्पादन गरिएका उत्पादित वस्तुहरुको बजारीकरण सरल नहुँदा उद्यमी आफैले झन्झट बेहोर्नुपर्ने अवस्था छ । तर केही आत्मसन्तुष्टिका लागि पनि सो व्यवसायमा केन्द्रित छन् ।

आफैले उत्पादन गरेका वस्तुहरु बिक्रीवितरणका लागि हिँड्दै गरेकी एक महिला
कमेन्ट्स
Loading...