सुचना, समाचार र मनोरन्जन

साताको सात तस्वीर

  •  
  •  
  •  
  •  

प्रेम थापा
पोखरा /

साताको सात तस्वीर मार्फत हामीले समाजमा घटेका घट्ना परिघट्नालाई दर्शाउन खोजेका छौं ।

प्राकृतिक सुन्दरताले भरिएको पोखरा । खुल्दै गरेको आकाशसँगै सेताम्य हिमालको मनमोहक दृश्यले लालयित बनाएको आभाष हुन्छ । हिमालकै काखमुनी बस्न पाउनुको आनन्दता अरु कहाँ ?

मौसम सफा भएसँगै पोखरा प्रस्याङबाट देखिएको माछापुच्छ्रे हिमालको दृश्य

 

वर्खायाममा पहाडी क्षेत्रमा पहिरो जस्ता प्राकृतिक प्रकोपले सताउने गरेका छन् । विकाससँगै विनास कतिबेला निम्तन्छ पत्तो हुँदैन । भिरालो जमिनमा संरचना बनाउँदा माटोको परिक्षण गर्नुपर्ने आवश्यकता छ । नभए पछि दुख पाइनेछ ।

बेगनासताल देखी थोरै माथि रुपाताल जाने सडक नजिक रहेको एक रेस्टरेन्टमा पहिरोको चपेटामा

 

केही समयको लकडाउन अहिले खुकुलो भएको छ । लामो समय बन्दाबन्दीमा घरबासमा रहेका मानिसहरुको चहलपहल पोखराका मुख्यचोकहरुमा देखिन थालेको छ । सवारीहरुको आवत जवातमा समेत कमी छैन ।

पोखरामा निषेधाज्ञा खुकुलोसँगै सवारी आवतजावत पहिले जस्तै सामान्य भएको छ ।

 

आखिर माया त माया हो । जीवनमा जस्तो सुकै बाधा अड्चन आए पनि साथ त जिउनु नै छ । दुखसुखमा एकअर्कालाई साथ दिने कसम खाएका दम्पत्तीले रमाइलो पल पनि सँगै बिताउन पाउँदा खुशी देखिन्छन् ।

सृजना चोक स्थित चौतारीमा एक दम्पत्ती बाघचाल खेल्दै

 

गरे सबै सम्भव छ, नगरे केही छैन । दत्तचित्त भएर विकास निर्माणका कार्यमा अग्रसर रहे सफलता अवश्य मिल्छ । पदीय भागबण्डामा मात्र नभुलेर विकासलाई समेत गति दिनुपर्ने आवश्यकता आजको हो । शुद्ध पानी पिउन पाउनु नागरिकको अधिकार हो ।

पोखरा प्रस्याङ स्थित जाइकाद्वारा निर्माण गर्न लागिएको शुद्ध खानेपानी ट्यांकीको काम अन्तिम चरणमा रहेको छ। जसबाट पोखरा बासीले फिल्टर युक्त पनि केही समय पश्चात घर घर मा पाउने भएका छन् ।

 

सन्तानको माया छाडेर आफ्ना लागि मात्र खुशी हुने परिवारको कुनै अस्तित्व छैन । बुवाका लागि सन्तान प्यारो हुन्छ । तर मदिरा सेवनमा लठ्ठ भएर सन्तानको खुशी लत्याउने कुनै बुवालाई छुट छैन । कमाएको दुई चार पैसा सन्तानको शिक्षा दिक्षामा खर्च गरे उसको भविष्य बन्न सक्छ ।

मदिरा सेवन द्वारा अचेत अवस्थामा पोखरा बसपार्क स्थित सार्वजनिक शौचालय अगाडि पल्टिएका बुवाको होस खुल्ने प्रतिक्षामा छोरी

 

सुन्दरता नै पहिचान हो । पोखरा प्राकृतिक रुपमा त सुन्दर छँदैछ । यसमा झन आकर्षण थप्ने प्रयास समेत जारी छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लालयित बनाउने संरचना निर्माण गरिरहेको हामी पाउँछौं ।

पोखरा सृजना चोक स्थित नवनिर्मित आकाशेपुल को साझा देखिने लाईट ट्राइल दृश्य
कमेन्ट्स
Loading...