सुचना, समाचार र मनोरन्जन

साताको सात तस्वीर

  •  
  •  
  •  
  •  

प्रेम थापा
पोखरा /

साताको सात तस्वीर मार्फत हामीले पछिल्लो एक हप्तामा समाजमा भइरहेका गतिविधिलाई दर्शाउन खोजेका छौं ।

खेत अहिले हरियो भएको छ । असारमा मानो छरेर मंसिरमा मुरी उब्जाउने कार्यको थालनी स्वरुप पहिलो गोडमेल गर्ने कार्य जारी छ । खेतको हरियापनले मनै लोभाएको आभाष हुन्छ ।

पोखरा २५ हेमजामा खेत गोडमेल गर्दै स्थानीय

 

आफ्नो पन के हुन्छ यो तस्वीरमा छर्लङ देखाइएको छ । पीडा खेप्दै आफन्तमा माया साट्नुले खुशीको आनन्दता दिइन्छ । दर्द भए पनि आँखामा एक किसिमको जुनुन छ ।

दुई बालक, एकले अर्कोलाई सम्हालिरहेको छ

 

पोखरा महानगरपालिका भित्रै रहेको यो झरना उपेक्षित बनिरहेको छ । पर्यटकलाई लालयित बनाउने झरनामा स्थानीय निकाय, प्रदेश सरकार र पोखरा महानगरको ध्यान नपुग्दा प्रचारप्रसार भएको पाइदैन । सम्बन्धित निकायको बेलैमा ध्यान पुगे आर्थिक लाभ लिन सकिन्छ ।

पोखरा १५ घट्टेखोलामा रहेको फेदी झरना

 

विकास निर्माण कार्यले गति लिइरहेको छ । एक ठाउँबाट अर्को ठाउँलाई जोड्ने पुल बन्दै छन् । पोखराको याम्दीमा बन्दै गरेको पुलको निर्माण कार्य हाल रोकिएको जस्तो आभाष हुन्छ । कामले गति लिन सके नागरिकले छिटो लाभ लिन पाउँथे ।

पोखराको याम्दीमा निर्माणधिन अवस्थामा रहेको पुल

 

माछापुच्छ«ेको काखमा रहेको पोखराका विभिन्न ठाउँमा अहिले खानेपानी पाइपलाइन विस्तारको काम सुुचारु छ । जाइकाको सो कार्य पुरा हुनेबित्तिकै पोखरेलीले शुद्ध पानी पिउन पाउनेछन् ।

पोखरा १ बगरमा खानेपानी पाइपलाइन जडान गरिँदै

 

सडक निर्माणको कार्यले गति लिइरहेको छ । पोखरा याम्दी देखि हेमजा हुँदै बागलुङ बसपार्क हाइवे सडक खण्ड ६ लाइनको बनाइएको छ । हाल पोखरा २५ फेदीसम्म सडकलाई कालोपत्रे समेत गरिएको छ ।

सडक कालोपत्रका लागि अलकत्र पग्लाइदै एक युवक

 

साहसी मान्छेका काम साहसी हुन्छन् । कोही रहरले साहसीक कार्य गर्दछन् त कोही आफ्नो जीवन नै यसमा समर्पित गर्दछन् । पछिल्लो समय पोखराका विभिन्न ठाउँमा देखिएका सर्पहरुलाई समातेर जंगलमा छोड्ने गरिएको छ । आफु सँगै आफ्ना सन्तानलाई पनि सो कार्यमा संलग्न गराएको देखिन्छ ।

पोखरामा एक बुवा आफ्नी छोरीलाई सर्प समाउन सिकाउँदै

तस्वीर : प्रेम थापा, परिचय डटकम

कमेन्ट्स
Loading...