काठमाडौं :
अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्रेम सम्बन्धले राम्रै चर्चा पाएको थियो। उनीहरु सामाजिक सञ्जालदेखि मिडिया अन्तरवार्तासम्म प्रेममा रहेको र केहि वर्षमा नै विवाह बन्धनमा बाँधिने कुरा गरिरहेका हुन्थेँ। समाचार र गसिप निकै बने। तर, गत वर्ष दुवैले प्रेम सम्बन्धलाई पूर्णविराम लगाएको समाचार बाहिरियो । प्रेम टुटेको बारे दुवैले अस्पष्ट कुरा मिडियामा राखे।
तर यस पटक भने सौगात मल्लले आफ्नो प्रेम टुट्दाको कुरा फिल्मकर्मीहरुलाई मस्त सुनाएका छन्। सृष्टिबीचको सम्बन्ध टुट्नुको कारण उनले नखोलेपछि ब्रेकअपको पीडाबाट बाहिर निस्कन आफुले ध्यानको सहारा लिएको सौगातले मिडियामार्फत बताएका छन्।
फिल्म ‘हात्तीछाप’को प्रचारको क्रममा मिडियासँगको कुराकानीमा भनेका छन्, ‘सम्बन्धले निजी र व्यावसायिक जीवनमा ठूलो असर पार्छ । मलाई पनि पा¥यो । त्यसबाट बाहिर आउन मलाई ध्यानले ठूलो मद्दत ग¥यो । ध्यान भन्ने कुरा थाहा हुँदैन थियो भने मलाई त्यसबाट बाहिर आउन धेरै गाह्रो हुन्थ्यो होला । रामको नाम जपेर पनि मलाई धेरै मद्दत मिल्यो ।’
निकै फिल्ममा काम गरिसकेका सौगातले मन पराउपछि सम्बन्ध टुट्छ भन्ने हुँदो रहेछ उल्लेख गरेका छन्।
उनी भन्छन,‘धेरैको सोचाई चाहिँ अरुलाई मन पराएपछि सम्बन्ध टुट्छ भन्ने हुँदो रहेछ । तर सम्बन्ध टुट्नुमा त्यो मात्र मुख्य कारण हुँदैन भन्ने मलाई लाग्छ । त्यसमा अरु धेरै कुरा हुनसक्छन् ।’
माघ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘हात्ती छाप’को प्रचारप्रसारमा रहेका सौगातले सृष्टिसँग तीनवटा फिल्म ‘द रेड सुडकेस’, ‘तीन जन्तु’ र ‘मासु भात’मा काम गरेका छन्। यसमध्ये केहि फिल्म प्रदर्शनमा आउन बाँकी नै छन्। यता सृष्टिले पनि हालै फिल्म ५५ः११को छायांकन सकाएर बसेकी छन्।