काठमाडौं :
लामो समयदेखिको प्रेम सम्बन्धमा रहेका अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित फिल्म रिलिजको तयारीमा रहेको छ । उनीहरु अभिनित फिल्म ‘द सिक्रेट अफ राधा’ आगामी भदौ १०गते रिलिज हुदैछ ।
सुवर्ण थापा निर्देशित ‘द सिक्रेट अफ राधा’ सौगातले लगानी गरेका छन् । सौगातद्धारा पहिलो पटक निर्माण गरेको फिल्ममा मुख्य भुमिकामा उनकै प्रेमिका अर्थात सृष्टि रहेकी छन् । फिल्म क्षेत्रमा सृष्टिलाई भन्दा बढि सौगातलाई रुचाइएको छ । निर्माण पक्षले पनि अभिनेता सौगातलाई नै खोजि गर्ने गरेका छन् ।
यहि कारण आफुले अभिनय गर्ने फिल्ममा सौगातले सृष्टिलाई राख्न दबाब दिने गरेको चर्चा चलिरहेको अवस्थामा छ । तर, यसबारेमा सोधिएको प्रश्नमा सौगातले अस्वीकार गरेका छन् ।
काठमाडौँमा भएको उनकै फिल्मको गीत सार्वजनिक कार्यक्रममा सृष्टिलाई आफ्नो फिल्ममा राख्न कसैलाई दबाब नदिएको दाबी गरेका छन्। सौगातले भने,‘सुवर्ण दाईले राधाको चरित्रमा सृष्टि कस्तो हुन्छ भनेर सोध्नुभएको थियो । उहाँलाई सृष्टि फिट हुन्छ भन्ने लागेरै सोध्नुभएको थियो होला । फिल्मको कुन चरित्रमा को सुहाउँछ भन्ने त निर्देशकलाई थाहा हुन्छ । मलाई पनि सृष्टिले यतिसम्म चाहिँ गर्न सक्छ भन्ने लाग्थ्यो । त्यसैले मैले पनि सृष्टिले यो गर्न सक्छ भनेर भनेको थिएँ ।’
सौगातले खेलेको केहि फिल्ममा सृष्टिलाई नै मुख्य भुमिकामा अभिनय गराइरहेका छन् । यस अघि फिल्म ‘पोइ प¥यो काले’, ‘माइकल अधिकारी’ यहि जोडीले अभिनय गरेको फिल्म हो । फिल्म ‘पोइ प¥यो काले’ २ वर्ष अघि नै रिलिज भइसकेको छ भने अन्य भने रिलिजको तयारीमा छ । अर्को कुरा के पनि छ भने यहि प्रेमिल जोडीले यसै वर्षको मंसिरमा विवाहमा परिणत गर्ने तयारीमा छन् ।
