काठमाडौं :
भर्सटायल अभिनेताका रुपमा चिनाएका अभिनेता सौगात मल्ल अभिनित फिल्म धमाधम प्रदर्शन भइरहेका छन् । उनी र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘माइकल अधिकारी’ प्रदर्शनको तयारीमा रहेको छ । आगामी भदौ ३ गतेबाट नेपालभर प्रदर्शनको तयारीमा रहेको यो फिल्म अहिले प्रचारप्रसारलाई व्यापक बनाइरहेको छ ।
गोपीकृष्ण मुभिस्ले निर्माण गरेको यो फिल्मलाई अन्य भन्दा फरक कथावस्तुको फिल्म रहेको दावी गरिरहेका छन् । निर्माण टिमले पनि अन्य भन्दा निकै फरक रहेको दावी गरिरहेको अवस्था छ । फिल्मलाई नयाँपन र फरक कथावस्तुमा निर्माण भएको भन्दै बजारमा चर्चा छ । यस बारेमा सौगातसँग भोला अधिकारीले गरेको छोटो कुराकानी :
सन्चै हुनुहुन्छ ?
एकदमै ठिक छौ ।
फिल्मको प्रचार प्रसार कतिको चलिरहेको छ ?
राम्रै भइरहेको छ ।
तपाईले काम गरिरहेको फिल्मभन्दा यो फिल्ममा नयाँपन के छ ?
पहिलो कुरा त यो फिल्मको कन्टेन्ट नै सरोगेसी लिएका छौ । यहि नै फरक भइहाल्यो । किनभने अहिलेसम्म यो सरोगेसी अर्थात भाडाको आमाबाट बच्चा जन्माउनेको कथा रहेको छ । यो कथामा यस अघि फिल्म नै बनेका थिएनन् । अर्को कुरा मैले कमेडी जनरामा पनि काम गरिरहेको थिए । मैले अहिलेसम्म गर्दै आएको अभिनय भन्दा यसमा निकै फरक छ । हाम्रो के हुन्छ भने स्कृप्ट नै कमजोर हुन्छ । स्कृप्ट कमजोर भएपछि कता खाल्टा कता खुल्टी हुन्छ थाहै हुँदैन । कतिपय बनाउदै लगिन्छ । तर, यो फिल्ममा चाही त्यस्तो बनाउनुपर्ने खाल्को थिएन ।
अरु फिल्ममा चाही तपाई आफैले स्कृप्टमा अपुग भएको कुरा थप्ने गर्नुहुन्थ्यो ?
उम, अरु फिल्ममा चाही यसमा के पुगेन भन्यो,लेख्यो थप्यो । तर, यो फिल्ममा थप्नुपर्ने खाल्को केहि थिएन । सरासर जसरी लेखिएको थियो । एकदम बुझेर सललल बग्ने गरि लेखिएको थियो । त्यस कारण पनि यो फिल्म राम्रो बनेको छ भन्ने मलाई लाग्छ । एउटा पाइप मात्र फिट गरेको हुन्छ । त्यहाँ बग्ने मात्रै भएपनि हुन्छ । यस फिल्मको स्कृप्टमा चाही सलल बगेको थियो । मैले केहि थप्नै परेन । एकदमै राम्रो र कमर्सियल फिल्म बनेको छ लाग्छ मलाई । त्यसलाई फरक भन्ने कि के भन्ने अब । स्कृप्ट चाही पढ्ने बितिक्कै देखि नै मलाई राम्रो लागेको थियो ।
पहिलो पटक हो तपाईले स्कृप्ट रिचेन्ज नगरि फिल्ममा काम गर्नुभएको ?
हैन, अरु पनि छन् । तर, यसमा चाही केहि छुनै परेन । तपाईले पनि यो फिल्म हेरिसकेपछि फिल गर्नुहुन्छ होला । कस्तो राम्रोसँग बुनिएको र फिल्ममा बुन्नका लागि लेखक,निर्देशकले कुनै बाँकी छोड्नुभएको छैन । कुनै कुनै फिल्मको कथाहरुमा हुन्छन् नि यो कथामा यस्तो हुनुपर्ने भन्ने खाल्को त्यो चाही यसमा मैले भेटिन।
हामीले सुन्दै आएका छौँ र तपाईले पनि अघि भनिसक्नुभएको छ । अरु फिल्ममा कथा नै परिवर्तन गरेको कुरा ? तपाईलाई यो फिल्मप्रति अरु भन्दा बढि कन्फिडेन्ट किन बढेको हो ? यसको कारण के होला ?
अरु फिल्महरु पनि छन् । जुन प्रदर्शनको तयारमिा रहेका छन् । ति फिल्महरुमा पनि मेरो उतिकै मात्रामा कन्फिडेन्ट बढेको छ । यो पनि ति फिल्महरुमध्ये अग्रस्थानमा छ । पहिलो पटक राम्रो र उत्कृष्ट स्टोरी चाही मैले यसमा पाकोमा यो पनि पर्छ ।
फिल्ममा स्कृप्ट बलियो हुनुपर्छ कि स्क्रिनप्ले ?
म त स्क्रिनप्ले नै मान्छु । प्रायजसो फिल्ममा स्क्रिनप्ले नै भएन भन्ने हुन्छ । तर, यसमा त्यो मैले भेटिन । यसमा कुनै चिज परिवर्तन गनुपर्छ भन्ने नै यो फिल्ममा भेटिन् ।
भनेपछि तपाई यो फिल्मको स्क्रिप्ट र स्क्रिनप्ले दुवैमा सन्तुष्ट हुनुहुन्छ ?
एकदमै । स्कृप्ट पढ्दा र स्क्रिनप्ले दुवैमा यो फिल्म राम्रो लागेको छ । जति मैले हेरेको छु । हाम्रो डिरेक्टरले साँच्चै नै राम्रो फिल्म बनाउनु भएको छ । सायद मलाई लाग्छ धेरैले तारिफ गर्छन् होला ।
तपाईको यो फिल्म सरोगेसी अर्थात भाडाकी आमाकै वरिपरी नैै कथा घुमेको छ । यो नेपालमा लिगल पनि छैन । यसले मान्छेलाई भाडाको आमा बन्न प्रेरित त गर्छ होला नि? तपाईलाई के लाग्छ ?
यो फिल्म हो । मान्छेले कसले कसरी लिन्छ भन्ने कुरा हो । फिल्ममा सकरात्मक र नकरात्मक दुवै किसिमले हेर्ने गरिन्छ । अब फिल्ममा काटमार गरेको सिन छ भने कसैले मान्छे मार्दै पनि त हिड्दैन । सायद मलाई लाग्छ । त्यसो नगर्नु होला । यो मनोरन्जन पनि हो ।
यो फिल्ममा काम गर्दाको अनुभव थोरै सुनाईदिनु न ?
हरेक समय नै रमाइलो थियो । काम गर्दा एक अर्कालाई सहयोग गर्ने,काम गरेको कुनै फिल नै भाको थिएन । एकदम इन्जोइ तरिकाले काम गरिएको थियो । मैले प्रत्येक दिन नै रमाइलोको रुपमा लिए किनभने मेरो क्यारेक्टर नै त्यस्तै थियो ।
अन्तमा : फिल्ममा तपाईकी प्रेमिका (सृष्टि)अर्थात हुनेवाला दुहली पनि हुनुहुन्छ ? एउटै फिल्ममा काम गर्दा कतिको सहज हुने रहेछ ?
हामी केहि समय यतासँगै बस्दै आएका छौँ । यो समयमा हामीले एक अर्कालाई बुझ्ने काम भयो । अरुसँग फिल्ममा अभिनय गर्दा त सहज हुन्थ्यो भने उहाँसँगकाम गर्दा नराम्रो हुने फिल नै भएन । फिल्ममा हामीले कामलाई बढि फोकस गर्यो ।
यसैमा मैले अर्को प्रश्न थपि हाले ? तपाईहरुको विवाह हुने चर्चा चलिरहेको छ । सौगात र सृष्टिको विहे कहिले हुन्छ होला ? होला कि नहोला एउटा कौतुहलता आम दर्शकमा छ । खासमा तपाईहरुको विहे चाही कहिले होला ?
धेरैको प्रश्न यहि छ । सायद हामी छिट्टै गर्ने सोचमा रहेका छौँ ।
