सुचना, समाचार र मनोरन्जन

श्वेता खड्कालाई कोरोना संक्रमण

काठमाडौ । नेपालमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणमा कलाकारहरु पनि पर्न थालेका छन् । अभिनेत्री श्वेता खड्काले पनि आफुलाई कोरोना संक्रमण भएको बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कोरोना भएको बताएकी हुन् ।

British college

उनले सामाजिक सञ्जालमा आफुलाई कोरोना भएको र अरुलाई पनि सबैलाई सर्तक र सुरक्षित रहन आग्रह गरेकी छन् । फिल्म ‘कहाँ भेटिएला’बाट अभिनय यात्रा थालेकी श्वेताले ‘श्रीमान् श्रीमती, कोहिनूर, हाँसी देऊ एक फेर’,‘कान्छी’ मा अभिनय गरिसकेकी छन् । गत वर्ष मंसिरमा विजन्द्र सिंह रावतसँग दोस्रो विवाह बन्धनमा बाँधिएकी खड्का हिमालयन जाभा (कफी सप) राजधानीमा विभिन्न ठाउँमा चलाइरहेकी छन् ।

कमेन्ट्स
Loading...