काठमाडौं :
यो वर्षको एसइइ नजिकिँदै गर्दा ‘एसइइ डान्स च्याम्पियनसिन’को चौथो संस्करण अडिसन लिने क्रम जारी छ । एसइइ दिएर बसेका विद्यार्थीहरुको भोली पोखरामा लिइने हुँदैछ।
गण्डकी प्रदेशको अडिसन जेठ २७ गते पोखराको बिटुडी डान्स स्कुलमा लिइँदैछ। २७ जेठमै कर्णाली प्रदेशको अडिसन नेपालगञ्जको बागेश्वरी कला समुहको कार्यालयमा कोशी प्रदेशको अन्तरवार्ता इटारी स्थित लक्ष्मी डान्स सेन्टरमा लिइने कार्यक्रम रहेको पनि आयोजकले जानकारी दिएको छ।

यसै क्रममा यसै साता २० जेठमा लुम्बिनी प्रदेशको अन्तरवार्ता निन्जा डान्स स्टुडियामा लिईयो भने, बागमति प्रदेशको अडिसन काठमाडौंको मनास्लु वल्र्ड कलेजमा सम्पन्न भइसकेको छ ।
विगत चार वर्षदेखि देशव्यापी रुपमा यो प्रतियोगिता आयोजना हुँदै आएको छ । यसैक्रममा सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशको अडिसन भिडियोबाट लिने काम भईरहेको आयोजक महेश गोदारले परिचयकर्मीलाई बताए।
प्रतियोगिताको फाईनलमा पुगेकाहरुले प्लस टुको अध्ययनका लागि पूर्ण छात्राबृत्ति पाउने छन् । आयोजक गोदारका अनुसार प्रतियोगिताको चौथो संस्करणको अडिसन आगामी नयाँ वर्षसँगै हुने भएको छ ।
यो प्रतियोगिताको लागि आगामी चैतमा एसइइ दिएर बसेका विधार्थीहरुले भाग लिने पाउने आयोजक गोदारले बताए ।
‘हामीले सबै प्रदेशमा बैशाखको पहिलो साताबाट अडिसन शुरु गर्ने छौं । उनीहरुको नृत्यको आधारमा अडिसन लिएर प्रत्यक प्रदेशबाट फाईनलको लागि ३ जना चयन गरिने छ,’उनले भने।
यी सहित काठमाडौंबाट १० जना चयन गरेर कुल २८ जना प्रतियोगीबीच आगामी २३ असारमा काठमाडौंको नाचघरमा अन्तिम प्रतिस्धर्पा हुने छ ।
यो प्रतियोगितामा प्रथम हुनेले एक लाख रुपैयाँ, द्धितीय हुनेले ५० हजार रुपैयाँ र तृतीय हुनेले ३० हजार रुपैयाँ नगद सहित ट्रफी र विभिन्न पुरस्कार पनि प्राप्त गर्ने आयोजक महेश गोदारले जानकारी गराएका छन् ।
यसरी यो अन्तिम प्रतिस्पर्धामा चयन भएका २८ जनालाई नै कक्षा ११ र १२ को अध्ययनका लागि पूर्ण छात्राबृत्ती दिईने सहयोगी संस्था हिसानका अध्यक्ष एवम् गोल्डेन गेट कलेजका प्रिन्सिपल रमेश सिलवालले बताए ।