सुचना, समाचार र मनोरन्जन

सेती नदीले बगाउँदा बालिकाको उद्धार

  •  
  •  
  •  
  •  

पोखरा / 

सेती नदीले बगाएको ८ वर्षीय बालिकाको उद्धार गरिएको छ । आइतबार दिउँसो १ः५० बजे पोखरा २५ सेतीनदीमा नुहाउने क्रममा याम्दी बस्ने अस्मिता मगरलाई नदीले बगाउनसाथ उद्धार गरिएको वडा प्रहरी कार्यालय बगरले जानकारी गराएको छ । स्थानियले देखी तत्काल बगाएको ठाउँबाट करिब १५ सय मिटर तलबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइते बालिकाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।

कमेन्ट्स
Loading...