सुचना, समाचार र मनोरन्जन
Tiger Cup

फिल्म रिलिज नहुँदै २५० करोडमा बिक्यो शाहरुखको ‘जवान

एजेन्सी : 

बलिउड अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘जवान’ ओटीटी तथा सेटलाइट अधिकारका लागि २५० करोड रुपैंयाँमा बिक्री भएको छ । भारतिय सञ्चारमाध्यमका अनुसार फिल्मलाई ओटीटीले किनेको हो ।

ओटीटीले २५० करोडमा फिल्म किनेपछि यस फिल्मको लगानी करिव करिव उठिसकेको छ । साउथ निर्देशक एटलीको निर्देशन रहेको फिल्ममा शाहरुखका साथमा साउथका प्रख्यात भिलेन विजय सेतुपतिको पनि अभिनय छ । अन्य कलाकारमा फिल्ममा नयनतारा, सुनील ग्रोवर र सान्या मल्होत्राको पनि अभिनय छ ।
यो फिल्मको ओटीटी अधिकार नेट्फ्लिक्ससँग छ । यसको सेटलाइट राइटस् जीटीवीले किनिसकेको छ भने यद्यपि, फिल्म युनिटले यसको आधिकारिक पुष्टि गरेको छैन ।
फिल्मको प्रस्तुतकर्ता रेड चिलीज इन्टरटेनमेन्ट हो । यो फिल्म आगामी वर्षको जुन २ मा रिलिज हुँदै छ । फिल्ममा शाहरुखको दोहोरो भूमिका छन् ।
शाहरुख अभिनित अन्य दुई फिल्म ‘पठान’ र ‘डंकी’ पनि सन् २०२३ मै रिलिज हुँदैछन् ।

कमेन्ट्स
Loading...