काठमाडौँ /
समग्रमा यो साता शेयर बजार ९.५१ अंकले घटेको छ । गत साताको अन्तिम दिन कात्तिक १३ गते बिहीबार १६४५.६८ अंकमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम दिन कात्तिक २० गते बिहीबार १६३६.१७ अंकमा ओलिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार यो साता ४ दिन शेयर बजार घट्यो भने एक दिन मात्रै बढेको थियो । साताको पहिलो दिन आइतबार ४.७२ अंक र सोमबार ३.३३ अंकले घटेको शेयर बजार साताको तेश्रो दिन मंगलबार भने ५.४० अंकले बढेको थियो । त्यसैगरी साताको चौथो दिन बुधबार पुनः २.३९ अंकले बजार घटेको थियो भने अन्तिम दिन हिजो बिहीबार पनि ४.४७ अंकले बजार घटेको हो ।

शेयर बजार यो साता १२ अर्ब २२ करोड २७ लाख ५१ हजार १ सय ८९ कित्ता शेयर किनबेच भएको छ । आइतबार २ अर्ब ९३ करोड ९ लाख ३९ हजार ७ रुपियाँ, सोमबार २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६ सय ८८ रुपियाँ, मंगलबार २ अर्ब २३ करोड ७९ लाख ६४ हजार ५ सय ७२ रुपियाँ, बुधबार १ अर्ब ७५ लाख ७४ हजार २३ हजार ७ सय ४५ रुपियाँ र साताको अन्तिम दिन विहीबार २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १ सय ७७ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।