सुचना, समाचार र मनोरन्जन
Election Commission V2

शेयर बजार २५.९८ अंकले बढ्यो, लामो समयपछि ४ अर्ब नाघ्यो कारोबार

काठमाडौँ / 

लामो समय पछि शेयर बजारमा बहार छाएको छ । साताको पहिलो दिनदेखि नै बढ्दै आएको शेयर बजारमा आज थप चमक आएको हो । आज नेप्से परिसूचक २५.९८ अंकले बढको छ भने कारोबार रकम समेत ४ अर्ब नाघेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज १.५७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १६७८.७९ अंकमा उक्लिएको छ । आज १९६ कम्पनीका ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २ सय ५६ रुपियाँ बरा्बरको कारोबार भएको हो ।

शेयर बजारमा बहार आएको दिन आज जलविद्युत समूह ०.६८ अंक र म्युचुअल फण्ड ०.०२ अंकले घटेका छन् भने बाँकी अरु सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी लगानीकर्ताहरु बीमा समूहमा झुम्मिएका छन् । जीबन बीमा समूह ४७६.३६ अंक र निर्जीवन बीमा समूह १६०.४ अंकले बढेका हुन् ।

आज साल्ट ट्रेडिङ कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् भने विशाल बजार कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ४.६१ प्रतिशतले घाटा व्यहोरेका छन् । आज नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । पुनर्बीमाको २८ करोड ५३ लाख ३२ हजार १ सय ५१ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यसैबीच साताको पहिलो दिन आइतबार १२.४९ अंकले शेयर बजार बढ्दा ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २ सय ६१ रुपियाँ र दोश्रो दिन हिजो ४.२२ अंकले बजार बढ्दा ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७ सय २६ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।

कमेन्ट्स
Loading...