काठमाडौं :
प्रदेश नम्बर १ बाट निर्माण भएको टेलिचलचित्र ‘जेठा बा’ को नयाँ भाग छायांकन भएको छ । नेपालको पुर्वी भागमा नै छायांकन भएको यस टेलिचलचित्रमा अभिनेता शितल केसीले अभिनय गरेका छन् ।
आर.सि. मुभिजले निर्माण गरेको यस टेलिचलचित्र कमेडी जनरामा निर्माण भएको हो । यस सिरियलले समाजमा भएका विभिन्न विषयवस्तुलाई गहन ढगंले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।
कृष्ण अनमोलको लेखन रहेको यस टेलिचलचित्र ‘जेठा बा’मा शितल के.सी.का अलवा रेगन प्रसाई,कृष्ण अनमोल,अस्मिता ओली, चुनाव सिंह योङहाङ,नरेन्द्र उप्रेती,मानबहादुर साव,तुलविक्रम तामाङ,अरुण भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् ।
यस टेलिचलचित्रमा तोरण श्रेष्ठको शब्द रचना रहेको छ भने देव राणाको संगीत छ, सिद्धान्त खड्काको आवाज सुन्न सकिन्छ । गजेन्द्र पृथकले खिचेको टेलिचलचित्रलाई ज्ञानेन्द्र कोईरालाले सम्पादन गरेका छन् । रेगन प्रसाईको निर्देशन रहेको यस टेलिचलचित्रलाई पुर्वैबाट प्रसारण हुदै आएको छ।