सुचना, समाचार र मनोरन्जन

सिम्पल खरेलको ‘जहाँ तिमी अनि म’

काठमाडौं :

गायिका, अभिनेत्री, निर्देशक तथा टिकटक स्टार सिम्पल खरेलको सुमधुर स्वरमा सजिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘जहाँ तिमी अनि म’ सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने संगीत टिका दाहालको छ। यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। हरि हुमागाईले खिचेको भिडियोमा गायिका खरेल आफै अभिनयमा उत्रिएकी छन्।

हरिले नै सम्पादन गरेको भिडियोलाई गायिका खरेलले नै निर्देशन गरेकी छन् । यस गीतको भिडियोलाई खरेलकै आधिकारिक च्यानल ‘सिम्पल खरेल’ मार्फत हेर्न सकिने निर्माण पक्षले जानकारी दिएको छ ।

कमेन्ट्स
Loading...