काठमाडौं :
आफ्नै भनाईका कारण बेला बेलामा आफुलाई चर्चामा ल्याइरहने फिल्म निर्देशक हुन् शोभित बस्नेत । कहिले अभिनेत्रीको पारिश्रमिकको चर्चाका बारेमा बोलेर होस् या रंगपत्रकार प्रकाश सुवेदीको विरोध चर्चामा बढि आउने गरेका छन् ।
त्यस्तै उनले एक पटक लाखौं पारिश्रमिक लिने स्टारको फिल्मले पाँच शो पनि हाउसफुल गराउन नसक्ने अभिव्यक्ति दिएका थिए ।शोभितले आफ्नो जन्मदिनको अवसरको पारेर आफु निकट केहि सञ्चारकर्मीलाई नेपालमा दुई दिन दर्शक तान्न सक्ने कलाकारमा अनमोल केसी, प्रदीप खड्का र पूजा शर्मा मात्र रहेको दावी गरे ।

‘पक्कै पनि विषयवस्तुले नै हो दर्शक हलसम्म तान्ने । तर रिलिज भएको बिहानै दर्शकलाई विषयवस्तु के हो भनेर कसरी थाहा हुन्छ,’उनले भने,‘यसैले दुई दिन हलमा दर्शक स्टारले तान्नुपर्छ । आइतबारदेखि भने विषयवस्तुले नै दर्शकलाई हलसम्म तान्छ । अहिले दर्शक तान्न सक्ने कलाकार भनेको अनमोल केसी, प्रदीप खड्का र पूजा शर्मा मात्र हुन् ।’