सुचना, समाचार र मनोरन्जन

युटुबमा १५ करोड पटक हेरिएको पहिलो नेपाली गीत ‘कुटुमा कुटु’ [ भिडियो ]

  •  
  •  
  •  
  •  

पोखरा / आजकाल युटुबमा भ्युजका आधारमा गीतसंगीतको सफलताको मापन गर्न थालिएको छ। पछिल्लो समय राम्रा र दर्शकले रुचाएका गीतहरुले छोटो समयमै करोड भ्युज पाउने गरेका छन्।

कुन गीत कति चल्यो र कुन चलेन यसको मापन गर्ने माध्यम नै युटुब बनेको छ।

यसै क्रममा ‘कुटुमा कुटु’ बोलको गीतलाई १५ करोड पटक हेरिएको छ। नेपालक सबैभन्दा धेरै युटुबमा हेरिएको गीत नै ‘कुटुमा कुटु’ बनेको छ।

चलचित्र ‘२ रुपैयाँ’मा समावेश उक्त गीतलाई सन् २०१७ को मे २८ मा रिलिज रिलिज गरिएको थियो। यो गीत आज पनि विभिन्न कार्यक्रमदेखि टिकटकमा लोकप्रिय छ।

यो गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ। गीतमा राजनराज, राजन इशान र मेलिना राइले स्वर भरेका छन्। गीतको भिडियोमा नायिका स्वस्तिमा खड्काको नृत्य हेर्न सकिन्छ। उनको साथमा गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत र असिफ शाहको नृत्य छ।

कमेन्ट्स
Loading...