सुचना, समाचार र मनोरन्जन

धनकिरणको ‘तिमी र म’ सार्वजनिक

काठमाडौं । लामो समयदेखि लण्डन बस्दै आएका धनकिरण गुरुङले लण्डनबाट नै नयाँ गीत सार्वजनिक गरेका छन् ।

गुरुङकै शब्द, संगीत तथा स्वरमा ‘तिमी र म’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा धुर्व दत्त र रिया लिम्बु फिचर्ड छन् । सुमन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई प्रभु गुरुङले कोरियोग्राफी तथा निर्देशन गरेका छन् ।

Parichay

सुशील गुरुङले सम्पादन गरेको भिडियोलाई नविन निरौलाले कलर संयोजन गरेका छन् । जीवनमा आफूले सोचेको कुरा सधैं नहुने तथा कुनै परिस्थिती र समयमा मायाको ठुलो आशा र भरोषाहरु निरासामा बद्लिन सक्ने कुरालाई गीतमा समावेश गरिएको छ । डीजी प्रोडक्सनले निर्माण गरेको भिडियोमा अल्का गुरुङको लगानी रहेको छ ।

 

Comments
Loading...