काठमाडौं । ‘फूलबुट्टे सारी’ बोलको गीत अहिले निकै चर्चामा छ । पुरुष तथा महिला दुवै भर्जनमा यस गीतलाई धेरैले रुचाए । दुवै भर्जनको म्युजिक भिडियोले युट्युबमा १ करोड भ्युज पार गरेको छ ।
यस्तैमा, महिला र पुरुष दुवै भर्जन हिट भएपछि निर्माण पक्षले ‘फूलबुट्टे सारी’ लाई चाइल्ड भर्सनमा सार्वजनिक गरेका छन् । चाइल्ड भर्जनमा अरिष्मा सिवाकोटीले स्वर दिएकी छिन् । भिडियोमा पनि अरिष्मा आफैं फिचर छिन् ।
राजनराज सिवाकोटीको शब्द तथा संगीतमा तयार भएको यस गीतको पुरुष भर्जनमा मार्मिक लामा र महिला भर्जनमा मिलन नेवारले स्वर दिएका छन् ।
महिला र पुरुष दुवै भर्जनको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् । महिला भर्जनको गीतको भिडियोमा पल शाह र मालिका महत फिचर छन् भने पुरुष भर्जनको गीतको भिडियोमा सोना लिम्बु, आनन्द सिंह दनुवार फिचर भएका छन् ।
