सुचना, समाचार र मनोरन्जन

‘हावा सरर’मा आँचलले बाँधिन् प्रदीपसँग जोडी

काठमाडौं । गायक धनकिरण गुरुङ र गायिका अन्जु पन्तको आवाजमा रहेको ‘हावा सरर’ बोलको गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गीतको शब्द तथा संगीत गायक स्वयम् गुरुङले तयार गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा, प्रदीप बास्तोला र बुद्धि तमाङको अभिनय रहेको छ ।
‘डिजि प्रोडक्सन’ले निर्माण गरेको भिडियोलाई मिलन चाम्सले निर्देशन गरेका छन् । भिडियोमा अल्का गुरुङको लगानी रहेको छ ।
कविराज गहतराजको करियोग्राफीमा बनेको भिडियोलाई रामकुमार केसीले खिचेका हुन् । भिडियोको सम्पादन सन्देश शाह र कलर राजेन्द्र मोक्तानले गरेका छन् ।

कमेन्ट्स
Loading...