काठमाडौं :
गायिका सोफिया थापाले तीजको छेको पारेर नयाँ गीत ‘आवाज’स्रोता तथा दर्शकमाझ लिएर आएकी छन् । कवि रमेश क्षितिजले लेखेको यो गीतलाई हरि लम्सालले संगीत भरेका छन् ।
गायिका थापाले एक प्रेस रिलिज जारी गर्दै आफ्नो गीत सार्वजनिक गरेको बताएकी हुन् । उनले विज्ञप्तीमा लेखेकी छन्,‘महिलामाथि हुने अन्याय ,शोषण, हिंसा र षड्यन्त्रको चेत महिलाहरुले नै नगरुन्जेल महिलाको हितमा परिस्थिती बदलिने छैन भन्ने विश्वाशका साथ मैले आज मेरो आवाजमा नयाँ गीत ‘आवाज’ यहाँ माझ ल्याएको छु । तीजको समय नजिक आउँदै गर्दा यो गीत रिलिज गरेको छु भने महिलाले आफ्नो पर्व स्वतन्त्रता पूर्वक मनाउन स्वयंम महिलाले आफ्नो यतार्थतालाई पहिले बदल्न् सक्नु पर्छ ।’

उनले अघिल्लो वर्ष ‘अब को तीज नो ब्रत प्लिज’ भन्ने गीत स्रोता तथा दर्शकमाझ पस्किएकी थिइन् । उनले आफ्ना गीतहरुबाट महिला मुक्तीका लागि सधैं संघर्ष गरिरहेको उल्लेख गर्दै आफुले यस पटक ‘आवाज’बोलको गीत स्रोतामाझ ल्याएको बताइन् ।
उनले अगाडी लेखेकी छन्,‘हिला जन्मिदैन, बनाइन्छ’ सिमोन द. बौउआर ( पुस्तक द सेकेन्ड सेक्सको लेखक) को भनाइसँग सहमति राख्दै महिलाहरुले अब आफ्नो हितको आवाज खोज्दै अभिव्यक्ती गर्नुपर्ने आवश्यकता बढेको छ ।’
उनका हरेक गीतहरुमा महिलालाई सशक्तीकरणका रुपमा अगाडी बढाउनुपर्ने र कुरीतिको पछि लाग्न नहुने सन्देश दिन खोजेको बताउदै आएकी छन् ।