सुचना, समाचार र मनोरन्जन

म खराब होइन समय खराब छ अहिले मेरो,म मेन्टल्ली ठीक छु : गायक सुगम पोखरेल

काठमाडौं :

गायक सुगम पोखरेलले अष्ट्रेलियाको कन्सर्टमा भएको माइक प्रहारपछि आलोचना खेपछि उनले दर्शकसँग माफी मागेका छन् । शनिबार अष्ट्रेलियाको एडिलेडमा भएको कन्सर्टमा मदिरा पिएका सुगमले दर्शकमाथि माइक प्रहार गरेका थिए। उक्त घटनाको भिडियो भाइरल भएको थियो ।

उनले भने,‘मेरो नियत गलत थिएन त्यो दिनमा पनि । मेरो कमजोरी के भन्दा मैले थोरै मदिरा सेवन गरेको थिएँ त्यो दिन, त्यो गर्नु हुँदैनथ्यो । नत्र भने मेरो नियत कहिल्यै पनि खराब छैन। धन्यवाद मलाई सुगम पोखरेल बनाइदिनुभएकोमा । नेपाली गीत अझै गाउनेछु । झनै गाउनेछु । म पनि मान्छे हुँ । दोष अझै छ, घटाउने प्रयासमा छु । मान्छेलाई गुण र दोषको आधारमा हेरियोस् । म अहिले पनि राम्रो मान्छे बन्न प्रयासरत छु।’
उनले भावनामा बहेर आफुबाट गल्ती भएको बताएका छन्।

उनले अगाडी भने,‘माफी माग्न चाहन्छु । मबाट गल्ती भएको हो । म बेसी भावनामा बहें । भगवान दर्शकप्रति कहिल्यै पनि अनादर गरेको छैन मैले । म आज यही नेपाली समाजले बनाएकाले गायक भएको हुँ । मैले पिउनु हुँदैनथ्यो । आई एम सरी। नेपालमा भुइँचालो गएर मान्छेहरु बितिरहनु भा‘थ्यो । मलाई मनमा कस्तो अप्ठ्यारो भइराथ्यो भन्दाखेरि अरे यार म गीत गाउन आइरहेको छु, उता त्यस्तो भइरहेको छ । कत्तिको आफ्नो परिवार बित्नुभएको छ । मैले सोचें– एकछिन मौन धारण गरुँ । अरु तपाईंले भिडियोमा देख्न सक्नुहुन्छ । म नेपालीहरुले गर्दा बनेको हुँ । नेपाललाई दुख्दाखेरि मलाई दुख्छ हेर्नुस् । म यसमा सरी भन्न चाहन्छु। बीचमा मैले मदिरा खान छाडेको थिएँ । एक महिना भयो फेरि सुरु गरेको । म खराब होइन तर समय खराब छ अहिले मेरो । म मेन्टल्ली ठीक छु अहिले।’

Leave A Reply

Your email address will not be published.