सुचना, समाचार र मनोरन्जन
kumdini

‘भगवत् गीता’को टिजर रिलिज गर्दै प्रदर्शन मिति तोकियो

काठमाडौं : 

दर्शकलाई हिट फिल्म दिइरहेकी झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘भगवत् गीता’को शिर्षक घोषणा गर्दै प्रदर्शन मिति सार्वजनिक भएको छ । शुक्रबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गर्दै अर्को वर्षलाई प्रदर्शन मिति तोकेको हो ।

British college

टिजरमा भनिए अनुसार फिल्म २०८० सालको वैशाख १ गते प्रदर्शन हुनेछ। आज सार्वजनिक भएको टिजरमा अभिनेत्री सुहाना थापा मात्र देखाइएको छ । झरनाद्धारा निर्देशित फिल्मको टिजरमा सुहाना मन्दिरबाट शीरमा आगो बलिरहेको मट्का बोकेर खुसी मुद्रामा कुद्दै बाहिर निस्किएको देख्न सकिन्छ ।

उनी मन्दिर बाहिर निस्किएपछि एकाएक भावुक हुँदै गहभरी आँसु पारेकी छिन् । मन्दिरबाट खुशी हुँदै बाहिर आउनु र अचानक भावुक हुनुे फिल्मप्रतिको कौतुहलता जगाउँछ । फिचर हेर्दा नेपालकै जानकी मन्दिरमा खिचिएको देख्न सकिन्छ । फिल्मको छायांकन सञ्जय लामाको छ भने सम्पादन साहिल खानको रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी र प्रभास मल्लिकको ब्याकग्राउन्ड स्कोर रहेको छ ।

सुनिल कुमार थापाले निर्माण गर्न लागेको यो फिल्मका लागि अभिनेताको खोजी भइरहेको छ । साथै फिल्मका लागि कथा लेख्ने काम पनि यति बेला धमाधम भइरहेको निर्माणपक्षको भनाई छ । केहि समय अघि फिल्मलाई दसैं अघि नै खिच्ने भनिएता पनि अहिलेसम्म कुनै सुरसार भने भएको छैन । त्यस कारण दसैं अघि नै फिल्मको काम हुनेमा यकिन छैन ।

कमेन्ट्स
Loading...