काठमाडौं । बैशाख १ गते रिलिज हुने चलचित्र ‘ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ गीत रिलिज भएको छ । अनमोल केसी र सुहाना थापा अभिनित फिल्मको गीत मंगलबार सार्वजनिक भएको हो ।
वसन्त सापकोटाद्वारा संगीतबद्ध गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । गीत सार्वजनिक भएको ५ घण्टामा नै युटुबमा २६ ट्रेण्डिङमा आएको छ । यो समाचार तयार पार्दासम्म १ लाख नब्बे हजार भन्दा बढि दर्शकले हेरिसकेका छन् । डान्सिङ बिटको गीतमा अनमोल, सुहाना र सलोन बस्नेत फिचर्ड छन् ।
कविराज गहतराजको नृत्य निर्देशन रहेको यस फिल्मको गीतलाई सञ्जय लामाले खिचेको हो । फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् भने सुनिल कुमार थपाले लगानी गरेका छन् ।
