सुचना, समाचार र मनोरन्जन
kumdini

लोकसेवाको प्रश्न पत्रमा सोधियो ‘कान्स फिल्म फेस्टिभल’को रेड कार्पेटमा हिड्ने पहिलो नेपाली अभिनेत्री

काठमाडौं :

British college

नेपाली कलाकारकाका लागि विश्वकै प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी भएर रेड कार्पेटमा हिँड्नु नै ठुलो कुरा हो । किनभने त्यो फेस्टिभलमा सहभागी हुन नै नेपाली कलाकारका लागि ठुलो हो । नेपाली मात्र नभएर अन्य देशका सेलिब्रेटीको ठूलो सपनाको केन्द्र हो कान्स फेस्टिभल ।

यो फेस्टिभलमा पछिल्लो पुस्ताकी अभिनेत्री सुरक्षा पन्तले सहभागी हुनुका साथै रेड कार्पेटमा हिँड्ने मौका पाएकी थिइन् । केहि महिना अघि मात्र उनले अभिनय गरेको अन्तर्राष्ट्रिय फिल्म ‘द एट माउन्टेन्स’ कान्सको प्रतिस्पर्धाबाट छनोट भएपछि रेड कार्पेटमा हिँड्ने मौका पाएकी थिइन् ।
कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्रीका समावेश भएपछि लोकसेवा आयोगले आफ्नो प्रश्नपत्रमा समेटेको छ ।

हालै अधिकृत क्याडेट पदको प्रश्नपत्रमा फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्री को हुन् ?’भनेर सोधिएको छ । जसको अपशनमा प्रियंका कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिश्मा मानन्धरको नाम उल्लेख गरिएको छ । यो प्रश्नले अधिकांशले सुरक्षाकै नाममा गोलो चिन्न लगाएपछि अभिनेत्री पन्त उत्साहित भएकी छन् । पन्तले लोकसेवाको परिक्षामा एउटा उत्तर हुन पाएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद समेत व्यक्त गरेकी छन् ।

कमेन्ट्स
Loading...