पोखरा /
सुवानी पेन्डामिक कोभिड १९ लाइफ चेन्जर २०७८ कन्टेस्ट समापन कार्यक्रमको तयारी पुरा भएको छ । सुजीना’ज इन्टरटेन्टमन प्रा.लि. को प्रस्तुतिमा हुँदै गरेको कार्यक्रम घरमै बसेका बालबालिकाहरुलाई रचनात्मक बनाउने हेतुले आयोजना गरिएको हो ।
“अनुभब साटौं,भनौं कथा, सुनाओैं कोभिडको समस्या” भन्ने मुल आशयका साथ जेठ ३१ गतेदेखि कन्टेस्टको पहिलो सिजन सुरु भएको हो । कार्यक्रमको समापन साउन १६ गते शनिबार गरिने जानकारी गराइएको छ । जसका लागि तयारी लगभग सबै पुरा भइसकेको संयोजक श्रीजन वैद्यले जानकारी गराए ।
गएको शनिबार विद्यार्थी र विद्यार्थीका परिवारहरुको सहभागितामा जूम मार्फत कार्यक्रम गरियो । सोहि दिन कार्यक्रमको समापनका विषयमा टुंगो लागेको थियो । सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा असन निवासी विवेक श्रेष्ठले आफ्ना अनुभव साटे ।
कन्टेस्टको टीममा राज रत्न मानन्धर पनि थपिएका छन् । पहिले ५ जना युवाहरुले मात्र सो कार्यक्रम संचालन गर्दै आएका थिए । कोभिडका बेलामा सामाजिक सुरक्षा र स्वास्थ्य मापदण्डका विषयलाई अवलम्बन गर्दै विद्यार्थीहरुलाई अनलाइन मार्फन सहभागी हुने गरी कन्टेस्टको आयोजना गरिएको जानकारी आयोजक कमिटीले गराएको छ ।
आयोजक कमिटीकी सुजिना श्रेष्ठले विभिन्न स्कुल र चाइल्ड होमहरुका बालबालिकासँग इन हाउस स्टोरी टेलिङ सेसन, अनुभव साटासाट, कोभिडको असर सम्बन्धी विचारहरु अनलाइन मार्फत जहाँसुकैबाट उपलब्ध गराउन सकिने र बालबालिकालाई सहभागी बनाउन सकिने बताइन् । उनले कार्यक्रमले राम्रो सफलता पाएको र सकरात्मक प्रतिक्रिया मिलेको उल्लेख गरिन् । आगामी समयमा पनि बालबालिकाको अन्तरनिहित प्रतिभालाई प्रस्फोटन गर्ने उद्देश्यस्वरुप आफु र आफ्नो टीम लागि पर्ने उनले बताइन् । उनले पहिलो सिजनमा ५ बर्ष देखि १७ बर्षको बालबालिकाले सहभागी हुन सक्ने बताइन् । सो उमेरका बालबालिकाहरुले ५ देखि १० बर्षका जुनियर र १० देखि १७ बर्ष सम्मको लागि सिनियर गरी दुई बिधामा कन्टेस्ट संचालन गरिएको जानकारी उनले गराइन् । कन्टेस्टमा अहिलेसम्म ५० जनाले सहभागिता जनाइसकेका छन् ।
कन्टेस्टको आयोजना सुजिना श्रेष्ठ, श्रीजन नारायण बैध पाटनबाट,राजिब श्रेष्ठ काठमाडौंबाट ,बिपुल अमात्य भक्तपुरबाट र राज रत्न मानन्धर काठमाडौंबाटले गरेका हुन् ।
कार्यक्रम– संयोजक शीजन बैधको प्रतिक्रिया दिएको शनिबारको कार्यक्रममा समाजसेबी राजिब श्रेष्ठले आफ्नो बिचार राखेका थिए ।
