सुचना, समाचार र मनोरन्जन
Tiger Cup

अनलाइन व्यापारमा श्वेता

काठमाडौं : 

फिल्म व्यवसाय छाडेर फिल्मका अभिनेत्रीहरु धमाधम अन्य व्यापार व्यवसायमा आवद्ध हुन थालेका छन् । अभिनेत्री परमिता राणा,सामाज्ञी आरएल शाहका साथै अब श्वेता खड्का पनि इन्टरनेट प्लेटफर्ममार्फत गर्ने व्यापारमा प्रवेश गरेकी छन् । यसबाट राम्रै आम्दानी हुने भएकाले पछिल्लो समय अभिनेत्रीहरु यो शैलीलाई पछ्याउन थालेका छन् ।

श्वेताले अनलाइन सपिङ प्लेटफर्म ‘अल्टिमोडल’ सञ्चालनमा ल्याएकी हुन् । उनले काठमाडौं उपत्यका बाहिरका ग्राहकलाई लक्षित गर्दै श्वेताले यो अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको उल्लेख गरेकी छन् । उनका अनुसार ग्राहकले घरमै बसेर प्लेटफर्ममा उपलब्ध हुने ब्रान्डेड सामान अर्डर गर्न सक्नेछन् । श्वेता केहि साता अघि आमा बनेकी थिइन् ।

कमेन्ट्स
Loading...