काठमाडौं /
‘पाँचौ स्वयंभू रन प्रतियोगिता २०७८’ शनिवार चैत्र २६ हुने भएको छ । ‘स्वस्थ रहनका लागि दौड’ नारा दिइएको प्रतियोगिता स्वयंभू एथलेटिक्स ट्रेनिङ्ख सेन्टर क्लबले आयोजना गर्न लागेको हो ।
५ किलोमिटर दुरी निर्धारण गरिएको दौड काठमाडौंको स्वयंभू स्थित भुईंखेल चौरबाट शुरु भएर स्वयंभू परिक्रामा गरी सम्पन्न हुनेछ । पुरुष तथा महिला खेलाडि सहभागी हुने दौडमा खुल्ला तर्फ ५ कि।मि तथा १३ वर्ष मुनिका खेलाडिलाई २-५ किमि दुरी निर्धारण गरिएको छ ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडिहरुलाई क्रमश ५ हजार, ३ हजार र २ हजार नगद तथा ट्रफि र प्रमाण पत्र प्रदान गरिने स्वयंभू एथलेटिक्स ट्रेनिङ क्लबका अध्यक्ष तथा प्रमुख प्रशिक्षक रमेश सुनारले जानकारी दिए ।