सुचना, समाचार र मनोरन्जन
kumdini

घरभित्रै बसेर स्टार भइन्छ भनेर सोच्नु गलत : स्वस्तिमा खड्का

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा महँगी र व्यस्त अभिनेत्री हुन् स्वस्तिमा खड्का । उनि अभिनित फिल्म ‘चपली हाइट३’ प्रदर्शनको संघारमा रहेको छ । उनले आफ्नो फिल्मको प्रचारप्रसारलाई तिव्रता दिइरहेकी छन् । पटक पटक फिल्मको रिलिज डेट सरेको कारण दिक्क भएकी स्वस्तिमा यसरी फिल्म सर्दा आफुलाई समेत ह्याम्पर हुने बताउँछिन् ।

आज काठमाडौमा भएको एक भेटघाट कार्यक्रममा उनले विभिन्न कारणले फिल्मको रिलिज डेट सार्नु परेकोमा आफु दुखी भएको बताएकी छन् । उनले कुराकानीकाक्रमका घरभित्रै बसेर स्टार भइन्छ भनेर सोच्नु गलत भएको समेत बताएकी छन् । उनले दर्शकसँग जति धेरै कुराकानी भयो उति नै नजिक भइने भन्दै आफु पत्रकारसँग कुराकानी गर्न राजि भएको बताईन् ।

British college

उनले भनिन्, ‘दर्शकसँग जति धेरै कुराकानी भयो उति नै उहाँहरुसँग नजिक भइन्छ जस्तो लाग्छ । जस्तो म आज मिडियाको माध्यमबाट दर्शकसँग कुराकानी गरिरहेको छु । अब मिडिया आउँछ भनेर म बाहिर नै ननिस्किएको भए त दर्शकसँग जोडिन पाउँदिन थिएँ होला नि । बाहिर मुखै देखाउन हुँदैन भन्ने म मान्दिनँ ।’

पत्रकारले अहिले कलाकारले सामाजिक सञ्जाल धेरै प्रयोग गरेको कारण दर्शकले कलाकारप्रतिको मोह घटेको हो भन्ने प्रश्न गर्दा स्वस्तिमाले आम मानिस पनि समय अनुसार बदलिनुपर्ने र आफु पनि त्यसरी नै परिवर्तन भएको बताइन् । उनले भनिन,‘म कलाकार हुँ, सामाजिक सञ्जाल नै प्रयोग गर्दिन भन्नु गलत हो । किनकि, १० वर्ष अगाडि टीभी थियो भने अहिले सामाजिक सञ्जाल छ । अबको १० वर्षपछि अरु कुनै माध्यम आउन सक्छ ।’

उनले अहिलेको समयमा सामाजिक सञ्जाल चलाउँदिन भन्दा आफु पुरानै समयमा फर्किएको आभास हुने बताईन । ‘म फेरि समय भन्दा धेरै पर गएँ जस्तो होला नि होइन ? अहिले दर्शकसँग जोडिने, काम देखाउने भनेको नै सामाजिक सञ्जाल त हो,’उनले भनिन् ।

कमेन्ट्स
Loading...