सुचना, समाचार र मनोरन्जन

मोडलिङमा भबिष्य खोज्दै मोडल स्वस्तिका खड्का

काठमाडौं : 

युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत थपिदै गएका छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । त्यस्तै मोडल÷नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी मोडल हुन् स्वस्तिका खड्का ।

नृत्य तथा अभिनयमा पोख्त मोडल स्वस्तिका खड्का सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन । काठमाडौं कपन स्थायी बासिन्दा स्वस्तिका खड्का विगत २ बर्ष देखि यस क्षेत्रमा आबद्ध रहेर ब्यबसायिक मोडलको रुपमा आफुलाई निखार्दै आएकी छन । हेर्दा पनि निकै आकर्षण मोडल स्वस्तिका खड्का, हासिरहने शालीन स्वभावकी छन ।

स्वस्तिका खड्का यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको बताउछिन । सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने स्वस्तिका अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्ने बताउँछिन । आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरि सकेकी स्वस्तिका खड्काले टेलिभिजनका विज्ञापन तथा केहि टेलिसिरियलहरुमा समेत अभिनय गरेकी छन् । सौन्दर्य प्रतियोगितामा प्रतिस्प्रधा गरेर सिने क्षेत्रमा प्रवेश गरेकी उनले दर्जनौ फेशन सोहरुमा आफ्नो क्षमता समेत प्रदर्शन गरेकी स्वस्तिका भन्छिन,‘अब चलचित्र र मोडलिङमै करियर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।’

अभिनयमा आफ्नो रुची रहेकोले विभिन्न कार्यक्रममा समेत अभिनय गरेको खड्काले सुनाइन् । उनी भन्छिन्,‘मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ । जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो ।’ आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको समेत उनले बताईन । प्लस टुमा अध्ययनरत स्वस्तिका परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अघि बढेको बताउँ छिन । ‘मोडलिङ पेशा एक मर्यादित र राम्रो पेशा हो तर हाम्रो समाजको गलत व्याख्याले गर्दा मात्र यस क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनौ,’उनले भनिन्,‘अब हामी जस्ता युवा पुस्ता भएर समग्र नेपाली सिने जगत र मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्छ ।’

कमेन्ट्स
Loading...