सुचना, समाचार र मनोरन्जन

‘चपली हाइट ३’को अफिसियल ट्रेलर रिलिज

काठमाडौ /

पुस २ गते नेपालभर प्रदर्शन हुन लागेको फिल्म ‘चपली हाइट ३’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । फिल्मको ट्रेलर २ मिनेट ३६ सेकेण्डको रहेको छ । जसमा नाइट क्लवमा हुने घटनालाई देखाउन खोजिएको छ । द्धन्दकै वरिपरी घुमेको यो फिल्मको ट्रेलरमा अधिकांश कलाकारहरुलाई शीर्ष भूमिकामा देखाइएको छ ।
आम दर्शकको प्रतिक्षामा रहेको यो फिल्मलाई अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशन गरेका छन् ।
क्राइम थ्रिलर जनरामा बनेको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा लगायतका कलाकार शीर्ष भूमिकामा रहेका छन् भने प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । यो फिल्मबाट अभिनेत्री सुपुष्पा भट्ट निकै उत्साहित रहेकी छन् । त्यस्तै यस फिल्मको कथा तथा संवाद आकाश बरालले लेखेका छन् ।
कोरोना महामारीका कारण प्रदर्शन रोकिएको फिल्म मध्ये एक हो ‘चपली हाइट ३’ । ‘चपली हाइट ३’ले २०७६ चैत २८ गतेका लागि प्रदर्शन मिति तोकेको थियो । फिल्मको प्रचार प्रसार समेत गरिरहेको समयमा कोरोनाको त्रासका कारण सबै हल बन्द हुनका साथै सरकारले देशभर लकडाउन गरेको थियो ।
सरकारले देशैभर लकडाउन लगाएपछि सो मितिमा फिल्म प्रदर्शन हुन सकेको थिएन । ‘चपली हाइट’का यसअघिको सिरिज असफल भएको थियो । ‘चपली हाइट’ले भने राम्रै कमाई गरेको थियो । यसैको आसमा तेस्रो सिरिज निर्माण भएको हो ।

कमेन्ट्स
Loading...