सुचना, समाचार र मनोरन्जन

अनुमतिबिनै पेट्रोल बेच्ने पम्पमा शिलबन्दी

काठमाडौं ।

नेपाल आयल निगमले अनुमतिबिनै पेट्रोल बेच्ने रुपन्देही र कपिलबस्तुका दुई प्रेट्रोल पम्पमा सिलबन्दी गरेको छ।

निगमको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गत रहेका रुपन्देही तथा कपिलबस्तु जिल्लाका पम्पहरूको अनुगमन गरेको थियो।

सोही क्रममा तौलिहवास्थित चिन्नी कान्दु पेट्रोल पम्प र कपिवस्तुको आदिशक्ति माता आयल सप्लायर्स पेट्रोल पम्पले डिजलमात्रै बेच्ने अनुमती पाएको भए पनि प्रेट्रोलसमेत बेचेको पाइएकाले शिल गरिएको निगमले जनाएको छ।

पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली २०६५ को दफा २९ बमोजिम दुबै प्रेटोल पम्पमा शिल गरिएको निगमले जनाएको छ।

कमेन्ट्स
Loading...