सुचना, समाचार र मनोरन्जन

मिसेस तामाङका लागि ३० प्रतिस्पर्धी छनोट

काठमाडौं : 

मिसेस तामाङका लागि ३० प्रतिस्पर्धी छनोट भएका छन् । शनिबार भएको अडिसनबाट उनीहरू छनोट भएका हुन् । आठ बर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको एसके इन्टरटेनमेन्ट प्रा।लि।ले ‘मिसेस तामाङ–२०२३’ को अडिसन गरेको हो । सो अडिनसबाट ३० जना प्रतिस्पर्धी छानिएको आयोजक संस्थाकी प्रबन्ध निर्देशक शान्ता तामाङले जानकारी गराइन्।

उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनेसहित फिल्म, म्युजिक भिडियोमा समेत सहभागिता हुन पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि छनौट भएका प्रतियोगीहरूलाइ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ।

जसमा नेपालका ख्याति प्राप्त चर्चित फेसन कोरियोग्राफर ट्रेनर बाट सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन्।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरूलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लाससहित गतिविधीमा समेत सहभागी गराइने भएको छ । प्रतियोगीहरूले आफूले सिकेको ज्ञानहरूलाई समाजमा प्रतिस्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा ट्रेनिङ बाट सिकेको कुराहरूलाई उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताइन्।

यस सौन्दर्य प्रतियोगिताले तामाङनी विवाहित नारी, युवतीहरूबीच व्यक्तित्व विकास र आफूसँग भएको प्रतिभा प्रस्फुटनगरी समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनी विश्वस्त रहेकी छन्। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा असारमा हुने समेत कार्यक्रममा जानकारी दिइयो।

प्रतियोगिताको निर्णयकमा कोरियोग्राफर रोजिन शाक्य, मिलन मोक्तान, अशोक तामाङ, आकृति तामाङ, नम्रता तामाङ, रमला पाख्रिन, मिना लामा रहेका छन्। एसके इन्टरटेनमेन्ट प्रालिले मिसेस तामाङ, मिस एण्ड मिसेस गुरुङ, मिस एण्ड मिसेस इण्डिजिनियस जस्ता सौन्दर्य प्रतियोगिता गर्दै आएको छ ।

एसके इन्टरटेनमेन्ट प्रालिको अध्यक्ष युवा नेत्री समाजसेवी तथा नायिका शान्ता तामाङ महिला सशक्तिकरणको एक दरिलो आवाज रहेकी छन्। उनले सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएकी छन्। जनजाति महिला दिदी बहिनीहरूलाई आफ्नो भाषा, कला संस्कृतिको जगेर्ना गर्दै उनीहरूको क्षमता र व्यक्तित्वलाई उजागर गर्ने कार्यमा उहाँको योगदानसमेत रही आएको छ ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds