सुचना, समाचार र मनोरन्जन

तारा श्रीषलाई ‘भ्वाइस अफ नेपाल सिजन ३’ को विजेता  बनाउन पोखराबाट भोटिङ अपिल

  •  
  •  
  •  
  •  

सन्तोष बस्याल
पोखरा / 

नेपालको गायन रियालिटी शो ‘भ्वाइस अफ सिजन ३’ को विजेता तारा श्रीषलाई बनाउन पोखराबाट भोटिङ अपिल गरिएको छ । श्रीष फाइनल पुगेसँगै पोखरा तातेको हो । भ्वाइस अफ नेपालको अहिले सम्मकै सिजनमा उनी फाइनलमा पुग्ने पहिलो महिला कलाकार हुन् । यसअघि कुनै महिला कलाकार पनि फाइनल प्रवेश गरेका छैनन् । बागलुङ जिल्ला स्थायी घर भई पोखरालाई कर्मथलो बनाएर संगीत यात्राको सुरुवात गरेकी तारा हाल काठमाडौंमा संघर्ष गरिरहेकी छिन् ।

हरेक समस्या सँग जुझ्न सक्ने खुबी उनमा सानैदेखिको हो । सुरुवाती चरणमा गीतसंगीतमा लाग्दा परिवारको सहयोग नपाएकी ताराको सांगीतिक प्रगतिमा अहिले परिवार रमाएको छ । आर्थिक, सामाजिक समस्यालाई छिचोल्दै ताराले अहिलेसम्मको यात्रा तय गरेकी हुन् । तारालाई विजेता बनाउन सहयोग समिति नै गठन गरिएको छ । काठमाडौंमा रहेको मुल समितिको उपसमिति पोखरामा समेत गठन भएको छ । लोकदोहोरी गायिका सरिता सारु मगरको संयोजकत्वमा तारा श्रीष जिताउ अभियान सहयोग समिति गण्डकी प्रदेशले प्रचारप्रसारसँगै भोटिङ अपिलको काम गरिरहेको छ । १७ सदस्य र ७ जना सल्लाहकार रहेको समितिले आफ्नो गतिविधिलाई तिव्रता दिएको पाइन्छ ।

पोखराको फेवा दोहोरी साँझ, गजल रेष्टुरेण्ट र तत्कालिन समयको ‘द रिदम ब्याण्ड’ मा आबद्ध भएर उनले काम गरिसकेकी छिन् । गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ तारा श्रीषले जित्ने सम्भावना अधिक रहेको दाबी गर्छन् । उनका अनुसार तारालाई जिताउन १७ वटा देशमा समेत समिति गठन गरिएको छ । सिजन ३ को फाइनल सम्मको यात्रामा सबै भन्दा धेरै ‘पफर्मर अफ द डे’ को उपाधि पाएकी तारालाई भ्वाइस अफ नेपालको मंचबाटै गीत सुनेको आधारमा २७ वटा गीत रेकर्डिङको अफर आइसकेको जानकारी श्रेष्ठले गराए । श्रेष्ठका अनुसार पोखराको पृथ्वीनारायण क्याम्पस सँगै अन्य ठाउँमा तारालाई जिताउन भोटिङ अपिल सहितको पम्लेट टाँसिएको छ । उनी भन्छन्, ‘ताराको प्रतिस्पर्धा किरण गजमेर सँग हो । गायिकीको हिसाबमा समेत अब्बल भएकाले भ्वाइस अफ नेपालको अहिलेको उपाधि तारालाई नै मिल्छ भन्नेमा हामी विश्वस्त छौं । आशा गरौं यसपालिको गण्डकीकी चेलीले पहिरनेछिन् ।’

तारालाई भोटिङ मार्फत जिताउन मोबाइलको म्यासेज बक्समा गई १२ टाइप गरी ३७००० मा पठाउन सकिने व्यवस्था छ । ल्याण्डलाइनबाट १६६६७७१२ डायल गरी भोट गर्न सकिनेछ । प्रभु पे को एप डाउनलोड गरी अनलाइनमार्फत पनि भोट गर्ने व्यवस्था छ । भोटिङ समय शनिबार राति ८ बजेसम्म खुल्ला रहने जानकारी गराइएको छ ।

कमेन्ट्स
Loading...